सर्लाहीको इश्वरपुर नगरपालिका ८ की एक किशोरीले आफुमाथि जवरजस्ती करणी भएको भन्दै प्रहरीमा जाहेरी दिएकी छन्।इश्वरपुर नगरपालिका ८ की एक किशोरीले आफुलाई विवाहको प्रलोभन देखाई पटक पटक जवरजस्ती करणी भएको भन्दै ईलाका प्रहरी कार्यालय केशरगन्जमा पटक पटक जाहेरी दिन जाँदा पनि उनको जाहेरी दर्ता नभएपछि सामािजक अभियान्ताको साथमा पुगेर उनले जाहेरी दर्ता गराएकी पीडित परिवारले बताए ।ती केटाले अहिले आफुसंग विवाह पनि नगर्नै र अरुसंग विवाह गरे ज्यानै लिने सम्मको धम्की लगाएपछि पीडित किशोरी ईलाका प्रहरी कार्यालय केशरगन्जमा जाहेरी लिएर गएकी थिईन् ।
ती किशोरीले इश्वरपुर नगरपालिका ८ कै अन्दाजी वर्ष २२ का योगेन्द्र(नाम पतिवर्तन)ले विवाहको प्रलोभन देखाई पटक पटक जवरजस्ती करणी गरेका भन्दै ईलाका प्रहरी कार्यालय केशरगन्जमा जाहेरी लिएर जाँदा दर्ता गर्न नमानेर भोली पल्ट आउनु भनेर फर्काई दिएका र भोली पल्ट पुन त्यहा पुग्दा ईश्वरपुर नगरपालिका ८ का वडाध्यक्ष श्याम बहादुर थापासंग भेट्नु उहाँले मिलाई दिनु हुन्छ भनेर वडा कार्यालय पठाई दिएका पीडित किशोरीको भनाई छ ।वडा कार्यालय जाँदा वडा अध्यक्ष थापाले केहि पैसा लिएर चुप लागेर बस्नु भनेपछि आफु अन्यायमा परेको पीडित किशोरीले गुनासो गरिन् ।
ईलाका प्रहरी कार्यालय केशरगन्जमा पटक पटक पुगेर आफुमाथि भएको अन्यायको जाहेरी दर्ता गरिदिन भन्दा त्यहाँ प्रहरी कर्मचारीले नमानेपछि सामाजिक अभियान्ताको साथमा जिल्ला प्रहरी कार्यालय मलंगवा सार्लही पुगि प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठसंग कुरा गरेपछि प्रहरी नायव उपरिक्षक श्रेष्ठको निर्देशनमा ईलाका प्रहरी कार्यालय केशरगन्जले जाहेरी दर्ता गरि ती किशोरीको स्वास्थ्य परिक्षण समेत गरेका पीडित परिवारको भनाई छ ।
पीडित परिवारका अनुसार जवरवजस्ती करणीमा संग्लग्न योगेन्द्र(नाम पतिवर्तन) इश्वरपुर नगरपालिका ८ का वडा अध्यक्ष थापाका सवारी चालक हुन।सोही पावरका कारण पीडित किशोरीको जाहेरी दर्ता नभएको पीडित परिवारको भनाई छ । आफुमाथि भएको अन्यायको जाहेरी दर्ता भएपछि आफुले कानूनी न्याय पाउने आश पलाएको ती किशोरीले बताईन् ।