Close This

सर्लाहीको हरिवन र बागमतीमा गरी १२५ जनाको थ्रोट स्वाब संकलन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१-२९ गते   २२५ पटक हेरिएको

सर्लाहीको हरिवन र बागमतीमा गरि बुधबार १ सय २५ जनाको थ्रोट स्वाब संकलन गरिएको छ । बुधबामर गरिउको थ्रोट स्वाब संकलनमा हरिवन नगरपालिकामा ५४ जना र बागमती नगरपालिकामा ७१ जनाको गरी १ सय २५ जनाको थ्रोट स्वाब सङ्कलन गरिएको बागमती नगरपालिकाकी उप प्रमुख लिला कुमारी मोक्तानले जानकारी दिनु भयो । 
कोरोना भाइरसको सङ्क्रमण परीक्षणका लागि थ्रोट स्वाब सङ्कलन गरिएको हो । कोरोना सङ्क्रमणसँग मिल्ने लक्षण देखिएका व्यक्ति र चिकित्सकहरुले परीक्षण गराउन सिफारिस गरेका बिरामीहरुको स्वास्थ्य चौकी सासापुर परिसरमा स्वाब सङ्कलन गरिएको हरिवन नगरपालिकाका नगर प्रमुख गणेश प्रसाद प्रसाईले जानकारी दिनु भयो ।
हरिवन नगरपालिका ४ को सासापुर स्वास्थ्य चौकी र हरिवनमा रहेको जीवन हेल्थ केयरमा गरी अक्सीजनको सुविधा सहित एक सय बेडको आइसोलेसन कक्ष समेत तयार पारिसकेको नगर प्रमुख प्रसाईले बताउनु भयो । सङ्क्रमण नियन्त्रण गर्न जिल्लाका सबै स्थानिय निकायहरुले आफ्नो स्थानिय निकायको सहज हुने स्थानमा आइसोलेसन कक्षको तयारी गरि सकेका छन् । भने बागमती नगरपालिका ११ को महेन्द्र जनता माविमा थ्रोट स्वाब सङ्कलन गरिएको हो । हरिवन र बागमती दुवै स्थानमा सङ्कलन गरिएको थ्रोट स्वाब परीक्षणका लागि जिल्ला अस्पताल मलंगवाको पीसीआर प्रयोगशालामा पठाइएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech