सिन्धुलीका सरकारी कार्यालयहरुले १२ बुँदे महत्वपुर्ण निर्णय गरेका छन्।जिल्लाका ३७ वटा कार्यालयका प्रमुखहरुको नियमित बैठकले पहिशलो पटक महत्वपुर्ण निर्णय गरेका हुन । सिन्धुलीमा नौ वटा पालिका सहित ५२ वटा सरकारी कार्यालयहरु रहेकामा कार्यालय प्रमुखहरुको नियमित बैठकमा ३७ वटा कार्यालयहरुका प्रमुखहरुको उपस्थिति रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।
हरेक महिनाको ५ गते बस्ने कार्यालय प्रमुखहरुको बैठकमा भन्दा फरक तरिकाले भएको छलफलमा अधिकांश सरकारी कार्यालयहरुका आफ्नो वेभसाईट अद्यावधिक नगराएको देखिएकाले आफ्नो वेभसाईट साउन मसान्त भित्र अद्यावधिक गर्ने र वेभसाईट नभएका कार्यालयहरुले आफ्नो कार्यालयको वेभसाईट किनर्माण गर्ने र प्रयोगमा ल्याउने,जिल्ला भित्रका सबै कार्यालयहरुले सूचनाको हक सम्बन्धी ऐन र नियमावली बमोजिम सूचनाको हक कार्यान्वयनलाई अझ प्रभावकारी बनाउने,सूचना अधिकारीलाई कार्यालयका सूचना उपलब्ध गराउने र हरेक तीन महिनामा प्रकाशन गर्नु पर्ने स्वतःप्रकाशन आफ्नो वेभसाईट र सूचना पार्टीमा प्रकाशन गरी सोको एक प्रति जिल्ला हुलाक कार्यालयमा पठाउने साथै जिल्ला हुलाक कार्यालयले कुन कार्यालयले स्वतःप्रकाशन गरे र कुन कार्यालयले स्वतःप्रकाशन गरेनन् भन्ने अनुगमन गरी जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन पेश गर्ने,सबै कार्यालयहरुले आफ्नो स्रोत साधन तथा स्वीकृत कार्यक्रम भित्र रही सि.सि.टि.भी.जडान तथा सञ्चालन सम्बन्धी कार्यविधि २०७२ बमोजिम महत्वपुर्ण स्थानमा सि.सि.टि.भी.जडान गरी सञ्चालन र उपभोग गर्ने साथै जडान भएका सि.सि.टि.भी.हरुको समयमै मर्मत सम्भार गर्ने,विपद् व्यवस्थापनका क्रियाकलापहरु विपद् जोखिम न्यूनिकरण,विपद् प्रतिकार्य तथा विपद् पुर्नलाभका क्रियाकलापहरुमा कार्यालय प्रमुखले प्रवाकारी भूमिका निर्वाह गर्ने साथै अत्यावश्यक काम नपरी कार्यालय नछाड्ने साथै कार्यालय छाड्नु पर्दा निमित्त प्रमुख खडा गरी सोको जानकारी जिल्ला प्रशासन कार्यालयलाई गराउने र विपद्को समयमा आफ्नो कार्यालयका सबै स्रोत साधनको प्रधावकारी परिचालन गर्न तयारी अवस्थामा राख्ने,सबै कार्यालयहरुले सार्वजनिक सेवा प्रवाहलाई सरल र सहज बनाउने,राष्ट्रिय परिचय पत्रमा भएका मसान्य त्रृटीहरुलाई नै आधार बनाएर सार्वजनिक सेवा दिन अस्वीकार गरेको भन्ने गुनासो आएकाले त्यस्ता सामान्य त्रृटी सच्याउन केही समय लाग्ने हुँदा त्यस्ता त्रृटीलाई अन्य कागजातका आधारमा सेवा प्रवाह गर्ने साथै नागरिकका गुनासाहरु समयमै व्यवस्थापन गर्ने र कार्यालयले तोकेका कर्मचारी तथा शाखाबाट गुनासो सुनुवाई नभएको अवस्थामा सर्वसाधारणलाई कार्यालय प्रमुखसंगको पहुँच सरल र सहज बनाउने,नागरिक वडा पत्र अनुसार सेवा प्रवाहको वयवस्था मिलाउने,कुनै पनि सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट आफ्नो कार्यालयका सवालमा प्राप्त भएका सूचना तथा समाचारलाई सम्बोधन गर्ने र सुधारहरु गर्ने,प्रचलित कानूनले गठन गरेको समिति र सो समितिले तोकेको जिम्मेवारी समय मै सम्पादन गर्न र समितिमा सदस्य तोकिएका कार्यालय प्रमुख तथा कर्मचारीले जिम्मेवार भई प्रभावकारी ढंगले काम गर्ने,चालु आर्थिक वर्षका लागि स्वीकृत भएका कार्यक्रमहरु तोकिएको त्रैमासिक रुपमा योजना बनाई सम्पादन गर्ने साथै समय मै खरिद प्रक्रिया सुरु गर्ने र अन्तर निकाय समन्वय गर्नुपर्ने कार्य वा परियोजनाहरुका लागि समय मै समन्वय गर्ने प्रवन्ध मिलाउने,सबै कार्यालयहरुले प्रचलित कानून बमोजिम जिन्सी निरीक्षण गरी लिलाम बिक्रि गर्नुपर्ने भए समय मै सम्पन्न गर्ने, कसुरजन्य सम्पतीको लगत तयार पार्ने तथा प्रतिवेदन,सुरक्षा प्रवन्ध गर्ने र प्रचलित कानून तथा अदालतको आदेश बमोजिम समयमै त्यस्ता कसुरजन्य सम्पतीको व्यवस्थापन गर्ने,कार्यालयका भौतिक तथा अभौतिक सम्पतीको सुरक्षा प्रवन्ध मिलााउने,सार्वजनिक जग्गा अतिक्रमण गर्न नदिने,स्रोत साधनको मितव्ययी प्रयोग गर्ने व्यवस्था मिलाउने साथै आफ्नो ककार्य क्षेत्र भन्दा बाहिर कार्यालयका सरकारी सवारी साधनहरुको प्रयोग गर्नुुपर्ने भएमा कार्यालयको स्वीकृत लिएर मात्रै सवारी साधनहरु प्रयोग गर्ने र सार्वजनिक विदाको समयमा सरकारी सवारी साधनहरु प्रयोग नगर्ने र जिल्लाका सरकाराी कार्यालयहरुमा अतिथि सत्कार,स्वागत तथा विदाई,समारोह लगायत कार्यक्रमहरुको नाममा नक्कली खादा माला तथा प्लाष्टिकजन्य पदार्थको प्रयोगमा रोक लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालले जानकारी दिए ।
कार्यालय प्रमुखहरुको बैठकमा जिल्ला समन्वय समिति,घ्याङ्लेक गाउँपालिका,जिल्ला प्रहरी कार्यालय,जिल्ला ट्राफिक प्रहरी कार्यालय,डिभिजन सडक कार्यालय खुर्काेट,तीनपाटन गाउँपालिका,फिक्कल गाउँपालिका,शिक्षा विकास तथा समन्वय ईकाई,सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म सिन्धुली,यातायात व्यवस्था कार्यालय,शहरी विकास तथा भवन कार्यालय,सुनकोशी गाउँपालिका,जनस्वास्थ्य कार्यालय,स्वास्थ्य बीमा कोर्ड,हरिहरपुरगढी गाउँपालिका र मरिण गाउँपालिकाका प्रमुखहरुको अनुपस्थिति रहेको विवरणमा उल्लेख छ।दुई वटा नगरपालिका र सात वटा गाउँपालिका गरी नौ वटा स्थानिय तह रहेको सिन्धुलीका पाँँच वटा पालिकाका प्रमुखहरुको अनुपस्थिति रहेको छ।जसबाट पनि सिन्धुलीका धेरै कार्यालय प्रमुखहरु नागरिक मैत्री भन्दा पनि कर्मचारीहरुको रुपमा तलब सेवा सुविधा उपभोग गर्न केन्द्रीत रहेका प्रष्ट हुन्छ ।