रामनगर २ मा आफ्नै कोठामा एक युवा मृत फेला,

340 Shares

सर्लाहीको रामनगर गाउँपालिका २ ईनर्वामा एक किशोर मृत फेला परेका छन्।रामनगर गाउँपालिका २ ईनर्वा स्थित आफ्नै घरको सुत्ने कोठामा  अन्दाजी वर्ष १५ का युएक मिया 
मृत फेला परेका जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नयाव उपरिक्षक  दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार आफ्नै घरमा आफु सुत्ने कोठामा भित्रबाट ढोका बन्द गरी सुतेको अवस्थामा झ्यालबाट हेर्दा खाटबाट भुँईमा लडिरहेको देखी ढोका फोडी हेर्दा अचेत अवस्थामा भुईमा लडिरहेका युवालाई तत्काल स्थानिय मेडिकलबाट चिकित्सक बोलाई घरमै चेकजाँच गराउदा मृत्यु भईसकेको भनेपछि प्रहरीलाई खबर आएको थियो ।

सम्बन्धित समाचार