Close This

लायन्स क्लब लालबन्दी सेन्चुरीको आयोजनामा १ सय ६० जनाद्धारा रक्तदान,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-१४ गते   १७२ पटक हेरिएको

सर्लाहीको लालबन्दीमा १ सय ६० जनाले रक्तदान गरेका छन् । लायन्स क्लब लालबन्दी सेन्चुरीको आयोजना तथा डुमडुमे बचत तथा ऋण सहकारी संस्था लालबन्दी र ग्लोबल आइएमई बैंक लालबन्दी शाखाको सह आयोजना भएको एक दिने रक्तदान कार्यक्रममा १ सय ६० जनाले रक्तदान गरेका आयोजकले जनाएको छ । 
लालबन्दी नगरपालिका ७ को पश्चीम वसपार्क नजिक भएको रक्तदान कार्यक्रममा रेडक्रस जनकपुर शाखाको र मोडेल हस्पिटल लालबन्दीको प्राविधिक सहयोग रहेको थियो ।  विभिन्न समयमा विभिन्न सामाजिक काम गर्दै आएको लायन्स क्लब लालबन्दी सेन्चुरीले कृष्ण जन्माष्टिमीको अवसर पारेर रक्तादान कार्यक्रम गरेको संस्थाका सचिव मोहन कुमार राउतले जानकारी दिनु भयो ।
रगत अभावका कारण कुुनै पनि जिल्लाबासीले अकालमा ज्यान गुमाउनु नपरोेस भनेर लायन्स क्लब लालबन्दी सेन्चुरीले पटक पटक रक्तदान कार्यक्रमको आयोजना गरी  रहेको र समय समयमा गरिएका रक्तदान कार्यक्रमबाट रगत अभावका कारण अकालमा ज्यान गुमाउनु परेका जिल्लाबासीलाई राहत पुगेको लायन्स क्लब लालबन्दी सेन्चुरीका सन्तोष बरालले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech