मन्त्री भुसालद्धारा उष्ण प्रदेशीय बागवानी केन्द्रको अनुगमन

एसपि गौरव    प्रकाशित: २०८०-४-२७ गते   ३९१ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुर स्थित रहेको उष्ण प्रदेशीय बागवानी केन्द्रको नेपाल सरकारीका कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालले स्थलगत अनुगमन गरेका छन् । सर्लाहीलाई सुख्खा क्षेत्र घोषणा गर्न सरकारको ध्यानाकर्षण गर्ने गराएपछि स्थलगत अनुगमन आएका मन्त्री डा.भुसालले हाल माहामारीको रुपमा रहेको पशु चौपायहरुमा लागेको  लम्फि स्किन रोगको विषय्लाई विशेष चासोका साथ रहेको समेत बताएका छन् ।
नेपाल कृषि प्रधान देश र अधिकांश नेपालीहरु कृषि पेशामा आवद्ध रहेका कारण पशु चौपायमा विभिन्न किसिमका रोगहरु देखा पर्दा किसानहरु प्रत्यक्ष मारमा परेका,सुख्खा क्षेत्र घोषणासंगै कृषि क्षेत्रको सम्वद्र्धन तथा कृषि क्षेत्रमा सुधार ल्याउन आफुले पहल गरि रहेको मन्त्री डा.भुसालले बताएका नेकपा(एकिकृत समाजवादी)की नेतृ एवम सर्लाही क्षेत्र नम्बर १(ख)की प्रदेश सभा सदस्य बेची लुङ्गेलीले जानकारी दिईन् ।
उनका अनुसार पशुचौपायहरुमा महामारीको रुपमा फैलिएको लम्की स्किन,सर्लाहीलाई सुख्खा क्षेत्र घोषणा,जिल्लामा कृषि क्षेत्रको सम्वद्र्धन तथा कृषि क्षेत्रमा सुधार ल्याउनका लागि नेकपा(एकिकृत समाजवादी) सर्लाहीले मन्त्री डा.भुसालको ध्यानाकर्षण समेत गराएको थियो ।
लालबन्दी नगरपालिका १ नवलपुर स्थित रहेको उष्ण प्रदेशीय बागवानी केन्द्रको स्थलगत अनुगमन समेत गरेका मन्त्री डा.भुसालले नेकपा(एकिकृत समाजवादी) सर्लाहीका नेता कार्यकर्ताहरुसंग भेटघाट समेत गरेका नेकपा(एकीकृत समाजवादी) सर्लाहीका अध्यक्ष सुरेन्द्र लामाले  जानकारी दिए ।मन्त्री डा.भुसालसंग नेकपा(एकिकृत समाजवादी)का मधेस प्रदेश इन्चार्ज धर्मनाथ साह,पोलिटब्युरो सदस्य रवीन्द्र बैठा, निवर्तमान मन्त्री शत्रुधन महतो लगायत नेकपा(एकिकृत समाजवादी)का नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech