साईकल यात्रु महताेलाई ठक्कर दिएपछि बसमा आगजनी

424 Shares

सर्लाहीको कविलासी नगरपालिका १० सलेमपुरमा साईकल यात्रुलाई ठक्कर दिएकाे भन्दै स्थानीयबासीले साेमबार(आज) बसमा आगजनी गरेका छन् ।1710134396084.jpg

नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको ग २ ख १४४० नम्बरको बसले सोही ठाउँका साईकल यात्रु अन्दाजी वर्ष ५५ का जुगल महतोलाई ठक्कर दिएपछि स्थानीयले यात्रु बसमा आगजनी गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए। 

उनका अनुसार बसले साईकललाई ठक्कर दिएपछि आक्रोशित स्थानीयबासीले बसमा आगजनी गरेको हुन। आगजनीबाट बस पूर्ण रुपमा क्षतिग्रस्त बनेको सर्लाही प्रहरीले जनाएको छ । घाइते भएका महतोलाई प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचारपश्चात थप उपचारका लागि काठमाडौंतर्फ पठाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार