प्रहरीको नक्कली ‘ब्यूरो प्रमुख’ हरिवनबाट पक्राउ

3.1k Shares

सर्लाहीको हरिवनबाट आफूलाई प्रहरीको ब्यूरो प्रमुख भन्दै हिँड्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको कटहरिया नगरपालिका–६, का अन्दाजी २२ वर्षीय राज कुमार साह रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
उनले हरिवन बजार क्षेत्रमा प्रहरीको ब्यूरो प्रमुख हुँ भन्दै हिँडिरहेको अवस्थामा हरिवन बजार क्षेत्रबाट पक्राउ गरिएको सर्लाही प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले बताउनु भयो ।
प्रहरी नायव उपरिक्षक बुढाथोकीका अनुसार साहले कोही कसैसँग ठगी गरे÷नगरेको बारे अनुसन्धान शुरु गरिएको छ  । कोही अज्ञात व्यक्तिले केही दिन पहिला जिल्लाको लालबन्दीमा पनि आफु प्रहरीको ब्यूरो प्रमुख भन्दै हिँड्ने र स्थानिय केही व्यापारीहरुलाई दुख दिने गरेको खबर पाएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक निर्मल थापाले जानकारी दिनु भयो । 
प्रहरीको बद्नाम गराउने हिसाबले प्रहरीको ब्यूरो प्रमुख बताउने साह विरुद्ध सार्वजनिक मुद्दा दायर गरी अनुसन्धान अघि बढाइएको प्रहरीनायव उपरिक्षक बुढाथोकीले बताउनु भयो । प्रहरी नायव उपरिक्षक बुढाथोकका अनुसार साहको गतिविधि शंकास्पद देखिएकाले नियन्त्रणमा लिनुपरेको हो ।

सम्बन्धित समाचार