एमाले हरिवनको अध्यक्षका लागि सात जनाको उम्मेदवारी,पदाधिकारीका सबै पदमा निर्वाचन हुने

512 Shares

नेकपा(एमाले) हरिवन नगर कमिटिको तेस्रो अधिवेशबाट अध्यक्ष पदका लागि सात जनाले उम्मेदवारी दिएका छन् ।एमाले हरिवनको भावी नेतृत्वका लागि सीताराम पोखरेल,राम प्रसाद घिमिरे,यज्ञ विनोद ढुंगेल,बेदराज चौलागाई,सुरेश भट्टराई,रामपुकार महतो र नवीन कुमार शर्माको उम्मेदवारी परेको हरिवन नगर कमिटिको तेस्रो नगर अधिवेशनको निर्वाचन मण्डलका संयोजक केशव प्रसाद ढकालले जानकारी दिए।उनका अनुसार उपाध्यक्षमा पाँच जना,सचिवमा दुई जना,उप सचिव खुल्लामा चार जना र महिला उप सचिवमा दुई जनाको उम्मेदवारी परेको छ ।
उपा अध्यक्ष पदका लागि दिल बहादुर दाहाल,प्रल्हाद बुढाथोकी,रन्जु बल,मिश्रीलाल महतो र राजेश मोक्तान,सचिव पदका लागि प्रयास प्रधान र संदिप थापा,उप सचिव खुल्ला पदका लागि लक्ष्मी प्रसाद गडतौला,नवराज मैनाली,प्रमोद कुमार महत्तो र बुद्धिमान स्याङ्तान एवम उप सचिव महिला पदका लागि अन्जना शर्मा शिवाकोटी र पवी माया पाख्रिनको उम्मेदवारी परेको हरिवन नगर कमिटिको तेस्रो नगर अधिवेशनको निर्वाचन मण्डलका संयोजक ढकालले बताए ।
पदाधिकारी सहित ७५ जनाको समिति रहने हरिवन नगर कमिटिको तेस्रो अधिवेशका लागि हरिवन नगरपालिकाका ११ वटा वडाबाट सहित दुई सय ८९ जना प्रतिनिधिले मतदान गर्ने छन्।उनका अनुसार आईतबार बिहान ११ बजेपछि निर्वाचन सुरु हुने छ ।सहमती गर्ने तथा उम्मेदवारी फिर्ता लिनेसमय आईतबार बिहान ८ बजे सम्म समय निर्धारण गरिएको छ ।
उम्मेदवारहरु तथा नेताहरुले एक भन्दा बढी उम्मेदवारी परेका पदहरुका लागि सहमतीको प्रयास भई रहेको एमालेका एकनेताले बताए।सर्लाही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य एवम निवर्तमान रक्षा मन्त्री तथा एमाले सर्लाहीका इन्चार्ज हरिप्रसाद उप्रेतीले शनिबार दिउँसो  हरिवन नगर कमिटिको तेस्रो अधिवेश उद्घाटन गरेका थिए ।

सम्बन्धित समाचार