पुर्व पश्चिम राजमार्गकाे सर्लाहीको हरिवन नगरपालिका ११ स्थित कडरिया चाेकमा भएको सवारी दुर्घटनामा ३ जना घाइते भएका छन् ।
पुर्व पश्चिम राजमार्ग स्थित हरिवन नगरपालिका ११ मा ग १५ प ६०८५ र प्रदेश २-०३-०२१ प ८७६० नम्बरकाे माेटरसाईकल एक आपसमा ठाेक्किदा प्रहरी हबल्दार दिनेश चाैवे सहित अरु २ जना घाईते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।
उनका अनुसार अरु २ जनाकाे विस्तृत विवरण खुल्न सकेकाे छैन भने घाइते तीनै जनालाई हरिवनकाे नमुना अस्पतालमा सामान्य उपचार पछि थप उपचारकाे लागि वीरगन्ज पठाएको छ ।