सर्लाहीको लालबन्दी नगरपालिकाका विभिन्न स्थानका तीन जना शारीरिक अशक्त भएका मानिसहरुलाई ह्विल चेयर प्राप्त भएको छ।लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएका लालबन्दी नगरपालिका–८ निवासी हेमराज दाहाल(सन्तोष)ले लालबन्दी नगरपालिका–६ का शारीरिक अशक्त भएका प्रज्वल कार्की,कर्णमाया विश्वकर्मा र अविनास विश्वकर्मालाई दाहालले घरमै पुगेर ह्विल चेयर प्रदान गरेका हुन ।

शारीरिक समस्याका कारण हिँडडुल गर्न समस्या भएका उनिहरुलाई उनिहरुको घरमै पुगेर ह्विल चेयर प्रदान गरिएको स्थानीय समिर बराईलीले जानकारी दिए।उनका अनुसार दाहालले यस अघि पनि जटिल स्वास्थ्य समयस्या भएका मानिसहरुलाई विभिन्न समयमा सहयोग गर्दै आईरहेका छन्।
दाहालले सर्लाहीबासी र लालबन्दी बासीका लागि सुमेरु अस्पताल र सुमेरु सिटी अस्पतालमा उपचारका लागि जाने मानिसहरुलाई समेत विशेष सहयोग गर्दै आएका छन् ।