सरकारी सम्पती नीजि प्रयोगका लागेका मेसु.डा.सिंह दोषी ठहर

468 Shares

सर्लाही सदरमुकाम मलंगवास्थित प्रादेशीक अस्पतालमा सरकारी सम्पत्तिको दुरुपयोग भएको प्रकरणमा छानबिन गर्न बनेको समितिले प्रतिबेदन बुझाएको छ ।केही दिन पहिला प्रादेशीक अस्पतालका विभिन्न सामाग्रीहरु मेसु डा.संजीव कुमार सिंहले सरकारी सवारी साधनमा राखी नीजि प्रयोगका लागि लगिदैँ गरेको भन्दै विभिन्न सञ्चार माध्यमहरुमा समाचार प्रकाशन भएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रशासकीय अधिकृत जय किशोर साहको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको थियो ।
समितिले प्रादेशीक अस्पतालका विभिन्न सामाग्रीहरु मेसु डा.सिंहले लगेका र विभिन्न सञ्चार माध्यमहरुमा समाचार प्रकाशन भएपछि फेरी फिर्ता गरेका र उक्त कार्यमा स्टोर किपर अनिल चौधरी समेत संग्लग्न रहेको भन्दै प्रतिवेदन तयार पारी आवश्यक कार्बाहीका लागि मधेश प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमा पेश गरेको समितिका संयोजक साहले जानकारी दिए ।उनका अनुसार प्रादेशीक अस्पतालका सामाग्रीहरु बाहिर लगिएको भन्ने विषयमा छानविन हुँदा बाहिर लगिएको प्रमाणित भएको र उक्त कार्यमा मेसु डा.सिंह सहित स्टोर किपर चौधरी समेत संग्लग्न रहेको खुल्न आएकाले आवश्यक कार्बाहीका लागि मधेश प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमा पेश गरिएको हो ।
कात्तिक ७ गते शुक्रबार अस्पतालका मेसु डा.सिंह अवकाश भएका र उनले सरकारी सम्पत्ति नीजि प्रयोजनका लागि सरकारी सवारी साधनमा हालेर आफ्नो घरतर्फ लगेका भिडियो सामाजिक सञ्जालहरुमा प्रकाशन भएको थियो।त्यसपछि कात्तिक ८ गते जिल्ला प्रशासन कार्यालय सर्लाहीले उक्त विषयको सत्यतथ्य पत्ता लगाउन प्रमुख प्रशासकीय अधिकृत साहको संयोजकमा तीन सदस्यीय छानविन समिति गठन गरेर तीन दिन भित्रमा प्रतिवेदन बुझाउन भनिएको थियो । तर चाडपर्वहरुका कारण समितिले करिब १० दिन लगाएर प्रतिवेदन तयार पारेको हो ।
डा.सिंह अस्पतालमा कार्यरत रहँदा पटक पटक विवादमा तानिँदै आएका थिए।बिरामीलाई बाहिरका क्लिनिक तथा फार्मेसीमा पठाउने र त्यहाँबाट कमिशन लिने गरेका लगायतका आरोपहरु डा.सिंह माथि लाग्दै आएका थिए ।डा.सिंह हालै अवकाश भएका र अस्पतालका सरकारी सामग्रीहरू सरकारी सवारी साधन मै घर पुर्याइरहेको भिडियो सार्वजनिक भएपछि उनी फेरि विवादको केन्द्रमा परेका हुन।छानबिन समितिको प्रतिवेदनमा मेसु डा.सिंह दोषी देखिएपछि प्रादेशिक अस्पताल मलंगवामा उनको कार्यकालमा अन्य के कति अनियमितता भए भन्ने अर्काे आशंका सृजना भएको छ ।

सम्बन्धित समाचार