बलात्कार आरोपीत नगर प्रमुख अधिकारी अझैं फरार,अन्य जनप्रतिनिधिको संरक्षण

366 Shares

सिन्धुलीको दुधौली नगरपालिका का नगर प्रमुख दिनेश अधिकारी दनुवार माथि बालिका बलात्कारको आरोपमा मुद्धा दर्ता भएपनि उनी अझैँ पक्राउ परेका छैनन्।बैशाख पहिलो साता पीडितले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा बालिका बलात्कारको आरोपमा जाहेरी दर्ता गराएका भएपनि नगर प्रमुख अधिकारीलाई प्रहरीले पक्राउ गर्न चासो नदेखाएको पाइएको छ ।दुधौली नगरपालिका ८ की एक १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरी शिशु जन्मिएको र सो बच्चा स्वीकार नगरेको आरोप सहित नगर प्रमुख अधिकारी विरुद्ध आफुले किटानी जाहेरी दिएको भएपनि उनलाई पक्राउ गर्न प्रहरीले चासो नदेखाएको पीडित पक्षले आरोप छ ।दुधौली नगरपालिकाका नगर प्रमुख अधिकारीको घर नजिकैको वेलकम होटलमा काम गर्ने ती बालिकालाई नगर प्रमुख अधिकारीले पटक पटक बलात्कार गरेका जाहेरीमा उल्लेख गरिएको छ।दुधौली नगरपालिकाको सबै खाना खाजाको व्यवस्थापन र बिलको कारोबार सोही होटलमा हुने गरेको र बलात्कारको कारण ती बालिकाले गत फागुनमा एक बालक शिशु जन्माएकी थिईन् ।
पीडितको उजुरी दर्ता भएपछि मेडिकल परीक्षण र डीएनए जाँच लगायतका अनुसन्धान गरी सकिएको भएपनि नगर प्रमुख अधिकारी फरार हुँदा उनलाई नियन्त्रणमा लिन सिन्धुली प्रहरीले चासो नदेखाएको पीडित पक्षको आरोप छ ।आफु विरुद्ध जाहेरी पर्ने निश्चति भऐपछि नगर प्रमुख अधिकारीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई भेटेका समेत रहस्य बाहिरिएको छ ।त्यसपछि उनी सिन्धुली फर्किएका छैनन् र उनका मोबाइल फोनहरू स्विच अफ छन् ।
यता,बलात्कार आरोपमा फरार रहेका दुधौली नगरपालिकाका नगर प्रमुख अधिकारीले आफु विरुद्ध प्रहरीमा किटानी जाहेरी पर्ने निश्चित भएपछि राष्ट्रिय सभा अध्यक्ष दाहालसँग भेट गरेका पाइएको छ। २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा(माओवादी केन्द्र)बाट दुधौली नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका अधिकारीलाई उम्मेदवार बनाउन पनि राष्ट्रिय सभा अध्यक्ष दाहालकै प्रमुख भूमिका रहेको सिन्धुलीका माओवादी केन्द्रका नेताहरु नै बताउँछन् ।नगर प्रमुख अधिकारीले आफु विरुद्ध उजुरी नलिन राष्ट्रिय सभा अध्यक्ष दाहाल सहित सिन्धुलीका अन्य  जनप्रतिनिधिहरुका साथै माओवादी केन्द्रका नेताहरु मार्फत प्रहरीलाई दबाब दिन लगाएका एक प्रहरी अधिकारीले बताए।तर,चौतर्फी विरोध र प्रमाणको रुपमा सन्तान रहेको दाबी पीडित युवतीले गरेपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जाहेरी दर्ता गर्यो।तर जाहेरी दर्ता भएको करिब तीन महिना हुनै लाग्दा पनि उनी प्रहरीको फरार सूचिमा नै रहेका छन् ।माओवादी केन्द्रका नेताहरुको दबाबका कारण लामो समयसम्म गुपचुप राखिएको यो घटनाको सम्बन्धमा नगर प्रमुख अधिकारी विरुद्ध प्रहरीले किटानी जाहेरी लिन मानेको थिएन।
पीडित युवतीले आफूलाई नगर प्रमुख अधिकारीले जबर्जस्ती करणी गरेर गर्भवती बनाएको र अहिले सन्तान समेत जन्मिएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुली सहित अन्य अधिकारकर्मीहरु समक्ष आवाज पुर्याएपछि प्रहरी बाध्य भएर जाहेरी दर्ता गरेको थियो ।यसबारेमा जानकारी लिन राष्ट्रिय सभा अध्यक्ष दाहालका स्वकिय सचिव विष्णु सापकोटा(जुगल)सँग सम्पर्क गर्दा उनले राष्ट्रिय सभा अध्यक्ष दाहाललाई भेट्न नगर प्रमुख अधिकारी नआएको जिकिर गरे। तर,नगर प्रमुख अधिकारीका सहयोगी युवराज अधिकारी दनुवारले भने सिन्धुलीका प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन)सहित नगर प्रमुख अधिकारीले राष्ट्रिय सभा अध्यक्ष दाहालसँग भेट गरेको तस्बिर फेसबुकमा सार्वजनिक गरेका थिए।
उक्त तस्बिर नगर प्रमुख अधिकारी कै सहयोगी दनुवारले फेसबुकमा सार्वजनिक गरेपछि सांसद दाहाल सहित सामूहिक भेट गरेको आधिकारिकता पुष्टि भएको छ।२०७९ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट नगर प्रमुख अधिकारी निर्वाचित भएका थिए। तर, पार्टीभित्र पनि उनको उम्मेदवारी विवादास्पद रहेको माओवादी केन्द्र कै नेताहरु बताउँछन् ।स्रोतका अनुसार, जिल्ला सचिव विनोद वि.क,प्रदेश सभा सदस्य मात्रिका भट्टराई(वसन्त) र महिला नेतृ इन्दिरा काफ्लेमध्ये कसैलाई नगर प्रमुखको उम्मेदवार बनाउने तयारी भएपनि राष्टिूयसभा अध्यक्ष दाहालको हस्तक्षेपमा अधिकारी नगर प्रमुख पदको उम्मेदवार बनेका थिए ।उनी आर्थिक अनियमितता तथा स्रोत साधनको दुरुपयोग गर्दै समानान्तर कमिटी चलाउने आरोपमा पनि विगतदेखि नै आलोचनाको घेरामा रहेका छन्।त्यसपछिको बलात्कार प्रकरणले उनको भूमिका माथि थप प्रश्न उठेको छ। 

सम्बन्धित समाचार