नेकपा(एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियू सर्लाहीले सर्लाहीका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।
मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको दिन राति बाजुरामा आफ्ना नेता चेतन ऐडीको हत्या गरिएको घटनाको विषयलाई लिएर अनेरास्ववियूले प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतममार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा ऐडीको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्ने,ऐडीलाई शहीद घोषणा गर्नुपर्ने,स्मृतिमा उनको शालिक निर्माण गर्नुपर्नेलगायतको माग राखिएको अनेरास्ववियु सर्लाहीका अध्यक्ष समिमबाबु खानले जानकारी दिनु भयाे ।
ज्ञापन पत्र बुझाउन अनेरास्ववियूका मधेश प्रदेश अध्यक्ष अन्जना शिवाकोटी,जिल्ला अध्यक्ष खान लगायत अनेरास्ववियुका नेताहरुकाे उपस्थित रहेकाे थियाे । केन्द्रीय सर्कुलर अनुसार अनेरास्ववियूले सर्लाही सदरमुकाम मलंगवामा प्रदर्शन गर्ने तयारी समेत गरेको अनेरास्ववियु मधेश प्रदेह अध्यक्ष शिवाकोटीले जानकारी दिनुभयाे ।