Close This

प्रदेश सभा सदस्य महत्तोद्धारा स्वास्थ्य सामाग्री सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-२९ गते   २९१ पटक हेरिएको

सर्लाहीका प्रदेश सभा सदस्य उपेन्द्र महतोले  जिल्लाका विभिन्न स्थानिय निकायहरुलाई स्वास्थ्य सामाग्री सहयोग गर्नु भएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणका विरामीलाई उपचारका लागि अत्यावश्यकीय स्वास्थ्य सामाग्री सहयोग गर्नु भएको हो ।
सांसद महतोले स्वास्थ्यकर्मीलाई आवस्यक पर्ने व्यक्तिगत सुरक्षा सामाग्री,मास्क,आइआर थर्माेमिटर, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्रीहरु सहयोग गर्नु भएको हो । जिल्लाको ईश्वरपु,हरिपुर,कबिलासी नगरपालिका र चन्द्रनगर गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको प्रदेश सभा सदस्य महत्तोले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech