मधेश प्रदेशका जिल्लाहरुमा रहेका ट्राफिक प्रहरीहरुका युनिटहरुको असुली मौलाएको छ । मधेश प्रदेशका जिल्लाहरु अन्तर्गत पर्ने पुर्व पश्चीम राजमार्गमा रहेका ट्राफिक प्रहरी युनिटहरुमा खटिने प्रहरी कर्माचारीहरुले हरेक मालवाहक सवारी साधनहरुलाई चेकजाँचको बाहनामा रकम असुल्ने गरेका रहस्य बाहिरिएको हो ।
मधेश प्रदेशको पुर्वमा सप्तरीको शम्भुनाथ देखि पश्चीममा बाराको अम्लेखगन्ज सम्म पुर्व पश्चीम राजमार्गमा रहेका ट्राफिक प्रहरी युनिटहरुले कमिसन असुल्ने गरेका यातायात व्यावसायीहरुले नै बताएका छन् ।
मधेश प्रदेशको पुर्वमा सप्तरी देखि पश्चिममा बाराको अमलेखगन्ज सम्मको पुर्व पश्चिम राजमार्गमा २ दर्जन भन्दा बढी ट्राफिक प्रहरी चेक पोष्टहरु रहेका छन् । जहाँ करिब आधा दर्जन २४ घण्टे ट्राफिक चेक पोष्टहरु रहेका छन् । जहाँ २०÷५० र १०० को नै कारोवार हुने गर्छ । यदि कसैले २०÷५० र १०० नदिएको खण्डमा ट्राफिक प्रहरीले विभिन्न बाहना बनाएर जरिवाना गर्ने गरेको यातायात व्यावसायीहरुको गुनासो छ ।
त्यसमा पनि सर्लाही र रौतहटको सिमानामा रहेको ट्राफिक प्रहरी पोष्ट पौराही रौतहटले २४ सैँ घण्टा चेकजाँचको बाहनामा चर्काे कमिसन उठाउने गरेका पाइएको छ । थोरै भएपनि कमिसन नदिए अनावश्यक बाहना बाजी गरेर ट्राफिक प्रहरी पोष्ट पौराही रौतहटका असई दुर्गा बहादुर कार्कीले दुःख दिने गरेका यातायात व्यावसायीहरुको गुनासो छ ।
असई कार्कीले जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख प्रहरी निरिक्षक विमला कुमारी कठायतलाई मासिक रु करिब ३० हजार बुजाउने गरेका र त्यसका लागि यातायात व्यावसायीहरुका साथै सिपाही हबल्दारहरुको गोजी समेत चेक गरेर उनीहरुले अलिअलि उठाएको रकम समेत असई कार्कीले निकाल्ने गरेका समेत गुनासो छ ।
असई कार्कीले दैनिक करिब रु ५ हजार कमिसन उठाउने गरेका एक प्रहरी अधिकारीले बताए । उनका अनुसार प्रहरी निरिक्षक कठायतलाई मासिक करिब रु ३० हजार बुजाउने गरेका कारण त्यहाँ असई कार्की लामो समयदेखि ट्राफिक प्रहरी पोष्ट पौराहीमा रहेका छन् । उनले त्यहाँ आउने अरु असईहरुले भन्दा बढी कमिसन प्रहरी निरिक्षक कठायतलाई दिने गरेका कारण अरु असईहरु आउन नपाएका हुन । उनी विगत करिब ९ महिनादेखि ट्राफिक प्रहरी पोष्ट पौराही प्रमुखको रुपमा रहेका छन् । असई कार्कीले पशु चौपाय ओसार पसार गर्ने सवारीसाधनहरु,मालवाहक सवारी साधनहरु र यात्रु बाहक सवारी साधनहरुबाट कमिसन असुल्ने गरेका एक प्रहरी अधिकारीले बताए ।
असई कार्कीले रौतहट सर्लाहीको सिमाना बागमतीमा पुर्व पश्चीम राजमार्गमा गडनवार र कोन राखेर रातीको समयमा सवारी साधन चेकजाँचको बाहनामा कमिसन असुल्ने गरेका पाइएको छ ।नजिकै सर्लाहीमा रहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट कर्मैया बागमतीले पनि पुर्व पश्चीम राजमार्गमा २४ घण्टै चेकजाँच गरि रहेको र चपुरमा पनि २४ घण्टे ट्राफिक चेकजाँच रहेको भएपनि ट्राफिक प्रहरी पोष्ट पौराहमिा पनि किन २४ घण्टे चेकजाँच सुरु गरियो भन्ने विषयमा ट्राफिक प्रहरी अधिकारीहरु पनि अनभिज्ञता प्रस्तुत गरि रहेका छन् । यसकाट पनि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यावस्थापन कार्यालय पथलैया,बारा मधेश प्रदेशको समेत संग्लग्नतामा २४ घण्टे चेकजाँचको बाहनामा असुली भन्दा मौलाएको प्रष्ट हुन्छ ।
भारवाहन क्षमता भन्दा बढी बोकेको चेकजाँच गर्न पुर्व पश्चीम राजमार्ग स्थित हरिवन नगरपालिका १० स्थित नयाँ रोडमा तौल काँटा भएपनि ट्राफिक प्रहरी पोष्ट पौराहीका असई कार्कीले भारवाहनको समेत कमिसन असुल्ने तथा कमिसन दिन नमान्ने सवारी साधनका चालकहरुलाई जरिवाना गर्ने गरेका समेत पाइएको छ ।
ट्राफिक प्रहरी पोष्ट पौराहीका प्रमुख असई कार्कीले प्रदेश २–०३–००१ ख ३७७१ नम्बरको ट्रकसंग सिसि क्यामेरा कै मुनी कमिसन असुलेका रहस्य बाहिरिएको छ । उनले रातीको करिब सवा ११ बजे ४५ हजार ३ सय तौल भएको सो ट्रकसंग खुलेआम रुपमा कसिन असुलेका हुन । उनका विषयमा यातायात व्यावसायी देखि स्थानीयले समेत गुनासो गर्दा पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यावस्थापन कार्यालय पथलैया,बारा मधेश प्रदेश मौन देखिएको छ ।यो ट्रक एक प्रतिनिधि पात्र मात्र हो यस्ता सयौँ सवारी साधनहरुबाट असई कार्कीले असुलेको कमिसन जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख प्रहरी निरिक्षक कठायतको गोजीमा पुग्ने गरेको छ ।
निजी प्रयोगका लागि खरिद गरिएका यात्रु बाहक सवारी साधनहरु भाडामा प्रयोग हुँदा,सिट क्षमता भन्दा बढी मानिस ओसार पसार गर्दा,भाडामा एक रुपता नहुँदा,भाडा लिष्ट नहुँदा,सवारी चालक अनुमति पत्र नहुँदा,भन्सार नगरिएका,सवारीदर्ता किताब(ब्लु बुक) नहुँदा,तिब्रगतिमा सवारी साधन चलाउँदा,माद्यक पदार्थ तथा लागु पदार्थ सेवन गरेर सवारी साधनहरु चलाउँदा,एक प्रयोजनका लागि खरिद गरिएको सवारीसाधन अर्काे प्रयोजनका लागि प्रयोग हुँदा र सवारीसाधनको स्वारुप परिवर्तन गरी सवारी साधन चलाउँदा”समेत ध्यान नपुर्याउने ट्राफिक प्रहरी कमिसनमा भने मस्त देखिएका छन् । यस विषयमा पटक पटक नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यावस्थापन कार्यालय पथलैया,बारा मधेश प्रदेशलाई पटक पटक जानकारी गराउँदा पनि कुनै सुनुवाई नभएको यातायात व्यावसायीहरुको गुनासो छ ।