Close This

महामानव स्व.विपी कोइरालाको १०८ औं जन्म जयन्ती मलंगवामा दिप प्रज्वलन,लालबन्दीमा कार्यक्रम स्थगीत

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-२४ गते   ३३२६ पटक हेरिएको

महा मानव स्व. विपि कोइरालाको १०८ औं जन्म जयन्ती सर्लाहीमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ सर्लाहीले नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको सम्झनामा आज(बिहीबार)साँझ दिप प्रज्वलन गरी महा मानव स्व. विपि कोइरालाको १०८ औं जन्म जयन्ती मनाइको छ ।
मलंगवा नगरपालिका ४ स्थित सर्लाही क्याम्पस अगाडी नेपाल विद्यार्थी संघले महा मानव स्व. विपि कोइरालाको १०८ औं जन्म जयन्तीको अवसरमा दिप प्रज्वलन गरेको हो । नेविसंघ सर्लाहीका युवा नेता कैमुल मिकरानीको नेतृत्व तथा नेपाली कांग्रेस तरुण विभागका केन्द्रीय सदस्य कृष्णनन्दन रायको  प्रमुख आतिथ्यता मलंगवामा दिप प्रज्वलन कार्यक्रम गरिएको हो । दिप प्रज्वलन कार्यक्रममा नेविसंघ सर्लाहीका नेता धिरज यादव,नेविसंघ मलंगवा नगर समितिका सभापति ओम रंजन कर्ण लगायत विद्यार्थी नेताहरुको  सहभागीता रहेको थियो ।   
त्यसैगरी  लालबन्दीमा पनि कार्यक्रम गर्ने तय गरिएको भएपनि नेपाली काङ्ग्रेसका पुराना नेता तथा कृयाशिल सदस्य सुर्य प्रसाद  थपलियाको निधन भएपनि लालबन्दीको कार्यक्रम स्थगीत गरिएको विपि कोइराला युवा नेतृत्व विकास मंच सर्लाहीका अध्यक्ष मनोज बख्रेलले जानकारी दिनु भयो ।
उहाँका अनुसार लालबन्दी नगरपालिका ५, रन्जितपुर स्थायी घर भई हाल लालबन्दी नगरपालिका ७, स्थित बजारमा बस्दै आउनु भएका नेपाली कांग्रेसका पुराना नेता थपलियाको असमायिक निधनपछि विपी जन्म जयन्तीमा आयोजित दीप प्रज्वलनको कार्यक्रम स्थगीत गरिएको हो । 
६८ वर्षीय स्वर्गिय थपलिया लामो समयदेखि क्यान्सर रोगबाट पीडित रहनु भएकोउहाँकोपरिवारस्रोतले जनाएको छ । उहाँको बिहिवार साँझ बागमती नदीमा अन्त्येष्टि गरिएको छ । थपलियाको पार्थिव शरीरमा कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा पूर्व राज्इ मन्त्री शम्भुलाल श्रेष्ठ, नेपाली कांग्रेस लालबन्दी नगर सभापति प्रशान्त आचार्य, नेताहरु सुरेन्द्र न्यौपाने, दीपक अधिकारी, विष्णुमणि घिमिरे लगायतले पार्टीको चारतारे झण्डा ओढाएर स्वा.थपलियाप्रति श्रद्धान्जली व्यक्त गरेका नेपाली कांग्रेस सर्लाहीले जनाएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech