सर्लाहीको हरिपुर्वा नगरपालिका–३ स्थित धनकौलबाट सशस्त्र प्रहरी,नेपाल प्रहरी र सर्लाही भन्सार कार्यालयको संयुक्त टोलीले करिब एक करोड बराबरको भन्सार छली लुकाई छिपाई राखेको कपडा बरामद् गरेको छ ।हरिपुर्वा नगरपालिका–३ का सत्यनारायण साहको घरमा भारतबाट भन्सार छली ल्याई लुकाई छिपाई कपडा राखिएको भन्ने विशेष सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरिक्षक वेद प्रसाद गौतम,सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मलंगवाका गुल्मपति एवम सशस्त्र प्रहरी नायव उपरीक्षक विष्णु अधिकारी र सर्लाही भन्सार कार्यालय मलंगवाको संयुक्त टोलीले भारतबाट भन्सार छली ल्याई लुकाई छिपाई राखिएको रु ९७ लाख १९ हजार छ सय ३० बराबरको विभिन्न किसिमका कपडा बरामद् गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।कार्यालयका अनुसार साहको घरमा भारतबाट भन्सार छली ल्याई लुकाई छिपाई कपडा राखिएको भन्ने विशेष सूचना प्राप्त भएपछि दुई सुरक्षा निकाय र सर्लाही भन्सार कार्यालय मलंगवाको टोली सहितको संयुत्त टोलीले उक्त स्थानमा गई उक्त कपडा नियन्त्रणमा लिएको हो ।साहको पसल समेत रहेको उक्त घरमा जिगर्वाका सरोज साह सोनार,भारतको बथुवाराका उमेश शर्मा लोहार,सर्लाहीको पर्साका रोशन यादव र विजय/पुकारका भाई संजीव यादवले उक्त कपडा भारतबाट भन्सार छली लुकाई छिपाई ल्याई अन्यन्त्र लैजाने योजना सहित साहको घरमा गोदाम गरि राखेका सुरक्षा स्रोतको भनाई छ ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) संग्रामपुरका बिओपी पति एवम सशस्त्र प्रहरी निरीक्षक कृष्ण भण्डारीले ती व्यापारीहरुसंग चर्काे रकम कमिसन असुलेर बिओपी संग्रामपुर अन्र्तगतको नारायणपुर नाका र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) सखुअवाका बिओपी पति एवम सई पुस्कर रिमालले ती व्यापारीहरुसंग चर्काे रकम कमिसन असुलेर सखुअवा नाकाबाट कपडा लगायतका भन्सार छलीका अन्य सामानहरु नेपाल भित्र्याउन सहजता प्रदान गरेका व्यापारी स्रोतको आरोप छ । विजय/पुकार समुह सर्लाहीमा विगत लामो समयदेखि भन्सार छली कपडाको कारोबार गर्ने सक्रिय समुह हो भने उनीहरुको कारोबार कहिलै नरोकिएको समेत पाइएको छ ।

यता,सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) संग्रामपुरका बिओपी पति एवम सशस्त्र प्रहरी निरीक्षक भण्डारीले नेपाल भारत सीमानाकामा कडाई भई रहेको वर्तमान अवस्थामा काम गर्न नपाएका व्यापारीहरुले सुरक्षा कर्मीहरुलाई बद्नाम गराउने हिसाबले आरोप लगाएका दावी गरे।उनले भने त्यति ठुलो परिमाणको कपडा पछिल्लो तीन महिनाको अवधिमा सीमा पार गरेको हो ?अहिलेको अवस्थामा सुरक्षाकर्मीहरुले कमिसन असुलेर गैर कानुनी कार्य गराउन सफल छ ? भन्दै कमलामाई मिडिया प्रा.लिलाई नै प्रतिप्रश्न गरे।उनले नेपाल भारत खुल्ला सीमानाका भएकाले केही मात्रामा चाहेर पनि कारोवार तथा आवत जावतलाई रोक्न नसकिने तर मिलेमतो तथा कमिसन असुली सहजता प्रदान गरेको भन्ने विषयमा कुनै सत्यता नरहेको उनले दाबी गरे ।
सीमा सुरक्षाको पहिलो जिम्मेवार निकाय सशस्त्र प्रहरी हरेक चार किलो मिटरको खुरीमा २४ सैंँ घण्टा डिउटीमा रहेपनि त्यती ठूलो परिमाणको भन्सार छलीको सामान सहजै नेपाल प्रवेश गरी सीमानाका भन्दा माथि आउनुले तस्कर समुहलाई सुरक्षाकर्मीहरुले ग्रिन सिङ्ग्लन नदिई त्यो सम्भव नभएको जानकारहरु बताउँछन्।उनीहरुले सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) संग्रामपुरका बिओपी पति एवम सशस्त्र प्रहरी निरीक्षक भण्डारी र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) सखुअवाका बिओपी पति एवम सशस्त्र प्रहरी सई रिमाललाई हदै सम्मको कार्बाही हुनु पर्ने माग समेत गरेका छन् ।