सर्लाहीको कौडेना गाउँपालिका ३ मा स्थानियले दल र तिनका नेता तथा उमेदवारहरुलाई आवातजावतमा रोक लगाएका छन् । कौडेना गाउँपालिका ३ का युवाहरु संयुक्त रुपमा पुर्व पश्चिम हुलाकी लाेकमार्गमा धाट हालेर टायर बालेर प्रदर्शनमा उत्रिएका छन् ।
मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाकाे निर्वाचनलाई लक्षित गरि दलहरुले आजबाट प्रचार प्रसार गर्न थालेपछि स्थानिय युवाहरुले उम्मेदवारहरुलाई गाउँ प्रदेशमा राेक लगाउँदै नारावाजी गरेका हुन ।
तराई मधेशको लाईफ लाईन मानिएको पुश्व पश्चिम हुलाकी लाेकमार्ग निर्माणमा लापर्वाही गरेको र जनताको स्वास्थ्यमा खेलवाड गरेको भन्दै कौडेना गाउँपालिका ३ का वडाअध्यक्ष पचु चौधरीको नेतृत्वमा स्थानीय तथा युवाहरुको समुहले नेताहरुलाई चुनावी प्रचारप्रसार गर्न आवतजावतमा रोक लगाएका हुन ।
नेताहरुलाई आवतजावतमा रोक लगाउने कार्यको नेतृत्व गरेका वडा अध्यक्ष चौधरीले हुलाकी लाेकमार्ग समयमै बनाउने भनेर प्रतिवद्धता गर्न र अलपत्र छाड्ने गरेको कारण नेता र नेतृत्वबाट पटक पटक धोका भएकोले आवातजावतमै रोक लगाउने निर्णय गरेर आफूहरु सडक अबरुद्ध गर्न बाध्य भएको स्थानिय युवाहरुले बताएका छन् ।
समयमै बनाउन नसकिएपनि सडकमा नियमित पानी छिटेर धुलो उड्न रोक्ने कार्य समेत नगरेको भन्दै सडकमा उड्ने धुलोका कारण नागरीकको स्वास्थ्यमा नकरात्मक असर परिरहेको वडा अध्यक्ष चाैधरीले बताए । उनले सडक नबन्दा तराईका हजारौं बासिन्दाले यात्रामा कठिनाई भोग्नु परीरहेको बताए ।
जिल्ला प्रशासन कार्यालयले समेत हुलाकी सडक नबनाउने ठेकेदारलाई कुनै कार्वाही नगरेको भन्दै अब जनताले नै निर्णय गर्ने भन्दै आफूहरु सडक अवरुद्ध गर्न अघि बढेको वडा अध्यक्ष चाैधरीले बताए । उनले तत्काल सडकमा पानी छर्कने काम गरे र सडक छिट्टै बनाउने प्रतिवद्धता भएमात्रै सडक खुलाउने बताए ।
हुलाकी लाेकमार्ग नबन्दा स्थानियहरुले वर्षौ देखि शास्ती भोग्नु परेको छ, नेताहरुले चिल्लो गाडी चढेर आउने गरेको हुदाँ धुलोको समस्यालाई मतलब नगरेको स्थानिय मनोज पासवानले बताए । धुलोले गर्दा हुलाकी राजमार्गमा दिनहु हजारौ मानिसहरु प्रभावित बनेको छ । अब चुनाबकै समयमा यि नेताहरुलाई वेवस्ता गरे मात्र यो समस्या हटने स्थानिहरुले बताएका छन ।