सर्लाहीको बलरा नगरपालिकाका निवर्तमान नगर प्रमुख अभय कुमार सिंह नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता निवर्तमान नगर प्रमुख सिंहलाई नेपाली कांग्रेसका सभापति एवम आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार समेत रहेका गगन कुमार थापाले पार्टी प्रवेश गराएका हुन् ।निवर्तमान नगर प्रमुख सिंहलाई कांग्रेसमा स्वागत गर्नका लागि केन्द्रीय सभापति थापासँगै सर्लाहीका निवर्तमान सभापति सुरेन्द्र प्रसाद सिंह लगायतका नेताहरु जम्मा भएका थिए ।
निवर्तमान नगर प्रमुख सिंह २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा)बाट बलरा नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका थिए।२०७९ सालको स्थानीय तह निर्वाचनमा लोकतान्त्रीक समाजवादी पार्टी(लोसपा)बाट बलरा नगरपालिकाको नगर प्रमुखमा उठेका सिंह पराजीत भएका थिए ।निवर्तमान नगर प्रमुख सिंहको पार्टी प्रवेशसंगै सर्लाही क्षेत्र नम्बर ४ मा कांग्रेस सभापति थापाको जित पक्का भएको नेपाली कांग्रेस सर्लाहीले जनाएको छ ।