Close This

सर्लाही ३(क)मा जवाहरलालको जित पक्का

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-२९ गते   १०७८ पटक हेरिएको

२०७९ मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ३ को (क)मा स्वतन्त्र तर्फका उम्मेदवार जवाहरलाल कुशवाहले निर्वाचन जित्ने पक्का भएको छ । सर्लाही ३(क)मा २५ वटा वडाहरु रहेका भएपनि कुशवाहले करिब १४ वटा वडाहरुबाट राम्रो मत पाउने एक नेताले बताए । 
हरिवन नगरपालिकाका ११ वटै वडा,बागमती नगरपालिकाका १२ वटै वडाहरु,वहरथवा नगरपालिकाको ५ नम्बर र हरिपुर नगरपालिकाको १ नम्बर गरी कुल २५ वटा वडा रहेको सर्लाही ३(क)मा बागमती नगरपालिकाका ११ वटा,बरहथवान गरपालिका १ हरिपुर नगरपालिकाले १ नम्बर वडामा कुशबाहको मत राम्रो रहेको उनले बताए । उनका अनुसार हरिवन नगरपालिकाको वडा नम्बर १ देखि ७ सम्म र वडा नम्बर ११ बाट कुशवाहलाई राम्रो मत आउने छ । 
सामाजिक कार्यमा लागेका समाजका भद्र र शिक्षित व्यक्ति कुशवाहलाई करिब सोक्षेत्रका मतदाताले करिब ७० प्रतिशत मतदान गर्ने उनले विश्वास लिए । सर्लाही ३(क)मा ३८ मतदान स्थल,८४ मतदान केन्द्र रहेका छन् भने ३६ हजार ५ सय १४ पुरुष र ३५ हजार २ सय ४९ जना महिला र १ अन्य गरि कुल ७१ हजार ७ सय ६४ जना मतदाता रहेका छन् । जसबाट आफुले कुल मतदाताबाट खसेको मतको करिब   ७० हजार मत पाउने उम्मेदवार कुशवाहले बताए ।  उनले करिब ६० हजार मत खस्ने र  आफुले करिब ४२ हजार मत पाउने कमलामाई मिडिया प्रालिलाई बताए । 
सर्लाही ३(क)का जनताले अबनयाँ अनुहारहेर्न चाहेको र समाजका लागि आवश्यक पर्ने समाजका समस्या समाधान गर्न हरहमेसा लागि पर्ने एकमात्र उम्मेदवारकुशवाह रहेका कारण उनैलाई मतदान गर्ने एक स्थानिय नेताले बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech