बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहलाई किर्ते र जालसाजी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।परिषद्का कार्यकारी निर्देशक वैजनाथ पासवानको हस्ताक्षर किर्ते गरी चार जना कर्मचारीलाई अवैध रूपमा बर्खास्त गरेको अभियोगमा साहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए ।
“परिषद्का कार्यकारी निर्देशक पासवानले चैत २८ गते जिल्ला प्रहरी कार्यालय धनुषामा सो सम्बन्धी उजुरी दिएका थिए।त्यसपछि किर्ते हस्ताक्षर सम्बन्धमा विधि विज्ञान प्रयोगशालाबाट परीक्षण प्रतिवेदन प्राप्त भएपछि वैशाख २५ मा जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएकामा त्यसयता साह फरार रहेका भएपनि सोमबार पक्राउ परेका हुन।”जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक रेग्मीले बताए ।
साहलाई सोमबार नै थप अनुसन्धानका लागि जिल्ला सरकारी वकिल कार्यालय धनुषा मार्फत जिल्ला अदालत धनुषामा उपस्थित गराएको”जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यसअघि कार्यकारी निर्देशकको हस्ताक्षर गरेर बृहत्तरका प्रशासकीय अधिकृत जीतेन्द्र यादव, लेखापाल सावित्री गिरी,नासु मदन चौधरी र सञ्जय मण्डललाई परिषद्ले बर्खास्त गरेको थियो ।