आर्थिक वर्ष २०८०/०८१ मा छ हजार भन्दा बढी सवारी दुर्घटना हुँदा पाँच सय भन्दा बढीको ज्यान गएको छ।गत आर्थिक वर्षमा छ हजार ५८ वटा सवारी साधन दुर्घटना हुँदा पाँच सय ३१ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यावस्थापन कार्यालय पथलैयाका प्रमुख एवम प्रहरी उपरिक्षक भिम किरण बोगटीले जानकारी दिए। उनका अनुसार मधेश प्रदेशका आठ जिल्लामा बारामा सबै भन्दा धेरै ७५ जना र सबै भन्दा कम पर्सामा ५१ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
त्यसैगरी धनुषामा ७४ जना,सर्लाहीमा ७३ जना,सिरहा र महोत्तरीमा ६८/६८ जना,रौतहटमा ६६ जना र सप्तरीमा ५६ जनाको सवारी दुर्घटनामा परि मृत्यु भएको प्रहरी उपरिक्षक बोगटीले बताउनुभयो।गत आर्थिक वर्ष २०८०/०८१ मा छ हजार ५८ वटा सवारी दुर्घटनामा नौ हजार सात सय ४५ जना घाईते भएका छन्।
सप्तरीमा छ सय ३८ वटा सवारी साधनहरु दुर्घटना हुँदा ५६ जनाको मृत्यु र एक हजार ५१ जना घाईते,सिरहामा नौ सय ७५ वटा सवारी दुर्घटना हुँदा ६८ जनाको मृत्यु र एक हजार पाँच सय ७९ जना घाईते,धनुषामा एक हजार ९१ वटा सवारी दुर्घटनामा ७४ जनाको मृत्यु र एक हजार सात सय ३० जना घाईते,महोत्तरीमा पाँच सय चार वटा सवारी दुर्घटना हुँदा ६८ जनाको मृत्यु र सात सय ७२ जना घाईते,सर्लाहीमा छ सय ८७ वटा सवारी दुर्घटना हुँदा ७३ जनाको मृत्यु र एक हजार एक सय १८ जना घाईते,रौतहटमा छ सय ७३ वटा सवारी दुर्घटना हुँदा ६६ जनाको मृत्यु र एक हजार ७४ जना घाईते,बारामा नौ सय ४६ वटा सवारी दुर्घटनामा ७५ जनाको मृत्यु र एक हजार छ सय १७ जना घाईते भएका छन् भने पर्सामा पाँच सय ४४ वटा सवारी दुर्घटना हुँदा ५१ जनाको मृत्यु र आठ सय चार जना घाईते भएका कार्यालयको तथ्यांकमा उल्लेख छ ।
सवारी चालकहरुको लार्पबाही,यान्त्रीक अवस्थाका साथै सडकको संरचनाका कारण सवारी दुर्घटनाहरु भएका ट्राफिक प्रहरीले दाबी गरेको छ,भने लामो तथा छोटो दुरीका दैनिक हजारौँ सवारी साधनहरु पुर्व मेची देखि पश्चीम महाकालीसम्म दौडिने मधेश प्रदेशको मुख्य सडकमा ट्राफिक प्रहरीले सवारी साधनहरुको चेकजाँचको वाहनामा जताततै राखेका गडन बारहरुका साथै ड्रमहरु पनि दुर्घटनाका कारक भएका सवारी चालकहरुको भनाई छ ।