इश्वरपुरका २ वडाका २ जना अशक्तलाई ह्वील चेयर प्रदान

311 Shares

सर्लाहीको ईश्वरपुर नगरपालिका १३ र १४ का दुई जना अशक्त व्यक्तिलाई लायन्स क्लबले ह्वील चेयर प्रदान गरेको छ ।ईश्वरपुर नगरपालिका १३ का लक्ष्मी महतो कोइरी र ईश्वरपुर १४ का राम जितन महतोलाई एक÷एक थान ह्वील चेयर प्रदान गरिएको लायन्स क्लब मधेश प्रदेश ईश्वरपुर हेल्पिङ ह्यान्डसका अध्यक्ष डा.आलोक कुशवाहाले जानकारी दिए ।उनका अनुसार लक्ष्मी हात्त खुट्टा नचल्ने र रामजितन पनि हिँडडुल गर्न नसक्ने अवस्थामा रहेका छन् ।
उनीहरुलाई ह्वील चेयर उपलब्ध गराइदिन ईश्वरपुर नगरपालिका १३ र १४ को वडा कार्यालयले लायन्स क्लबसँग माग गरेका थिए।सोही माग अनुसार डेनमार्क कोपनहेगन बस्ने भुवनध्वज थापाले उपलब्ध गराएको ह्वील चेयर लक्ष्मी र रामजितनको घरमै पुगेर हस्तान्तरण गरिएको लायन्स क्लब इन्टरनेशनल ३२५ एच डिष्ट्रिकका एरिया को–अर्डिनेटर राजकुमार न्यौपानेले बताए । उनका अनुसार आर्थिक अवस्थासमेत कमजोर रहेका दुवै अशक्त व्यक्तिलाई हिडडुल गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले ह्वील चेयर प्रदान गरिएको हो 

सम्बन्धित समाचार