दुम्सी मारी तस्करी गदै गर्दा ४ जना सिकारी सहित २ वटा मोटरसाईकल वनकर्मीको नियन्त्रणमा

361 Shares

पुर्व पश्चीम राजमार्ग अन्र्तगत सर्लाही र महोत्तरीको विच सडक खण्डबाट छ वटा दुम्सी सहित चार जना सिकारीहरुलाई वनकर्मीहरुले नियन्त्रणमा लिएका छन्।पुर्व पश्चमि राजमार्ग अन्र्तगत लालबन्दी–बर्दिबास सडक खण्डमा दुई वटा मोटसाइकल सहित चार जनालाई छ वटा दुम्सी मारेर लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएर सव डिभिजन वन कार्यालय लक्ष्मीनियाँलाई बुझाएको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत सन्तोष कुमार झाले जानकारी दिए ।

sas.jpg
उनका अनुसार आफुहरु जनकपुरबाट सर्लाही तर्फ आउँदै गरेको अवस्थामा बुधबार राती करिब साँढे ९ बजे बाँकेतर्फ जाँदै गरेको बा ८८ प ११६० र बा ५६ प २२४० नम्बरका दुई वटा मोटरसाईकललाई शंका लागि चकेजाँच गर्दा उक्त मोटरसाईकलमा चार वटा ठूला र दुई वटा साना गरी छ वटा दुस्मी मारेर लैजाँदै गरेको भेटिएपछि नियन्त्रणमा लिएर सव डिभिजन वन कार्यालय लक्ष्मीनियाँलाई बुझाएको हो ।
उनीहरुको साथबाट कोदालो,बेल्चा,गल/खन्ती र हँसिया सहितका घरेलु हातहतियार समेत फेला परेको र उनीहरु व्यवसायीक रुपमा वन्यजन्तुको सिकार गर्ने सिकारीहरु रहेको हुन सक्ने आशंका गरिएको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत झाले बताए।उनका अनुसार उक्त क्षेत्र डिभिजन वन कार्यालय महोत्तरीको रहेकाले नियन्त्रणमा लिइएको सवारी साधन,मानिस सहित घरेलु हातहतियार र वन्यजन्त सव डिभिजन वन कार्यालय लक्ष्मीनियाँलाई बुझाएको हो ।

सम्बन्धित समाचार