महाँकाल गाँउपालिकाको आफ्नै भवनबाट सेवा प्रवाह

660 Shares

गणेश खड्का, ललितपुर,

दक्षिणपूर्वी ललितपुरको महाङ्काल गाउँपालिकाको आफ्नै भवनबाट सेवा प्रवाह हुने भएको छ ।नवनिर्मित भवनको शुक्रबार उद्घाट गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकटेलले रिवन काटेर भवनको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य उदयशमशेर राणा, बागमती प्रदेश उपसभामुख अप्सरा चापागाइँ,जिल्ला समन्वय समिती ललितपुरका प्रमुख ऋषिदेव फुँयाल, नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकार, प्रदेशका एमाले सचेतक मधुसूदन पौडेल, प्रदेश सभा सदस्यहरु मीनकृष्ण महर्जन,उर्मिला लामालगायतको सहभागी थिए ।
महाँकाल गाँउपालिकाले गोटिखेल बजारमा आफ्नै साधन स्रोत प्रयोग गरेर प्रशासनिक भवन निर्माण गरेको हो । गाँउपालिकाका अध्यक्ष गणेश बहादुर केसीले सबै कार्यालयहरू नयाँ भवनमा स्थानान्तर गरेको जानकारी दिएका छन् ।
भवनमा लिफ्ट जडानसमेत गरिएको छ । यो दक्षिण ललितपुरकै पहिलो लिफ्ट जडान भएको भवन हो ।पालिकाको आफ्नै भवन हुँदा कार्यसम्पादन द्रुत गतीमा गर्न सकिने अध्यक्ष बहादुर केसीले बताए । भने, ‘हामी क्रमिक रुपमा गाँउपालिकामा विकाशका काम गर्दैछौैं । नतिजा विस्तारै देखिन्छ ।’
सुदुर ललितपुरको गाँउ पाखाले ढाकेको यस गाँउपालिकामा लिष्ट सहितको भवन आफ्नो कार्यकालमा पूरा भएको गाँउपालिकाका निवर्तमान अध्यक्ष रामचन्द्र दाहालले बताए ।गोटिखल क्षेत्रमा सार्वजनिक जमीन नभएको कारण गाँउपालिकाले स्थानीयसँग महँगो भाउमा जमीन खरिद गरेको थियो । स्थानीय बासिन्दाको केही बर्षअघि १ करोड ३० लाख खर्चेर जमीन खरिद गरेको पुर्वअध्यक्ष दाहाल बताउछन् ।
नवनिर्मित भवनमा ४० कोठा छन् । भवन निर्माण भएपछि गाँउपालिकाको सेवा लिन पालिकाबासी अरु ठाँउमा भौतारिनु नपर्ने गरि डिजाइन गरिएको दाहालको भनाई छ । भवनको संरचना आफ्नो कार्यकालमा पुरा गरेको उनले बताए ।
भवन उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गणेशबहादुर केसीले महाङ्काल गाउँपालिकासम्म जाने सडक जीर्ण रहेकाले मर्मत र विस्तार गर्न सघाउन सासंदहरुसँग आग्रह गरे । सहभागी सरोकारवाला निकायका पदाधिकारीहरुले दुर्गम दक्षिण ललितपुरको विकासमा चासो व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार