Close This

ब्रह्मपुरी गाउँपालिकाका २९ जना निर्वाचित जनप्रतिनिधिहरुद्धारा लोसपा नेपालमा रहेको निर्वाचन आयोगलाई जानकारी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-१६ गते   ३४५ पटक हेरिएको

सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका ७ वटा वडाबाट निर्वाचित भएका २९ जना जनप्रतिनिधिहरुले आफुहरु लोकतान्त्रीक समाजवादी पार्टी नेपालमा रहेको सनाखत निर्वाचन कार्यालयलाई बुझाएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालबाट छुट्टिएर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बनेको राजनीतिक दलमा आफुहरु रहेको भन्दै ब्रह्मपुरी गाउँपालिकाका २९ जना जनप्रतिनिधिहरुले जिल्ला निर्वाचन कार्यालय  सर्लाहीमा आफ्नो सनाखत बुझाएका हुन । स्थानिय निकायका जनप्रतिनिधिहरुलाई भदौ २२ गतेसम्म निर्वाचन कार्यालयले पार्टी रोज्ने समय दिएकोमा ब्रह्मपुरी गाउँपालिकाका २९ जनाले बुधबार सनाखत बुझाएका हुन ।
      निर्वाचन आयोगले निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न भदौ २२ गते अपराह्न ५ बजेसम्मको समय सिमा निर्धारण गरेको थियो । सोही अनुसार आज(बुधबार)ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष,७ वटा वडाहरुका वडाध्यक्ष ,वडा सदस्य र कार्यपालिका सदस्यहरु गरि जम्मा २९ जनाले आ आफ्नो सनाखत निर्वाचन कार्यालयमा बुझाएका हुन ।
   कारणवस आज(बुधबार उपस्थित हुन नसकेका बाँकी जनप्रतिनिधिहरुले पनि निर्वाचन आयोगले दिएको भदौ २२ गतेसम्मको समय भित्र आ आफ्नो सनाखत गराइसक्ने गाउँपालिका अध्यक्ष बिनोद कुमार साहले बताउनुभयो । सरकारले हालै ल्याएको अध्यादेशअनुसार सङ्घीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सक्ने व्यवस्था गरेपछि  जनता समाजवादी पार्टी(जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल दर्ता भएको थियो । यी दुबै दल विभाजित भई यही भदौ ९ गते आयोगमा दर्ता भएका हुन् ।
    अध्यादेशमा प्रदेश र स्थानीय निकायका जनप्रतिनिधिलाई नयाँ दल दर्ता प्रक्रिया शुरु भएको मितिले २१ दिनभित्र दल रोज्न सक्ने व्यवस्था भए अनुसार भदौ २२ गतेभित्र दुबै दलका जनप्रतिनिधिहरुले सनाखत गर्नुपर्ने व्यवस्था गरिएको छ ।सोही अनुसार प्रदेशसभा सदस्यहरुले प्रदेश निर्वाचन कार्यालय र स्थानीय जनप्रतिनिधिहरुले जिल्ला निर्वाचन कार्यालयमा गएर सनाखत गर्नुपर्ने छ । सनाखत गर्नका लागि नागरिकता वा मतदाता परिचय पत्र, निर्वाचित भएको सम्बन्धीत निर्वाचन क्षेत्र वा स्थानीय निकायबाट जारी भएको परिचयपत्र वा प्रमाणपत्र साथमा लैजानु पर्ने छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech