सर्लाहीको ईश्वरपुर नगरपालिका १५ स्थित श्रीनगर हरिपुर्वा सडक खण्डबाट स्थानियले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको भन्सार छलीकाे सामान सहित माेटरसाईकल प्रहरीले आन्तरिक रुपमा कमपसन लिएर छाड्न लागेकाे छ ।
ईश्वरपुर नगरपालिका १५ स्थित श्रीनगर हरिपुर्वा सडक खण्डबाट स्थानियले भन्सार छलीकाे सामान सहित एउटा भारतिय नम्बरकाे माेटरसाईकल नियन्त्रणमा लिएर प्रहरी चाैकी गाैरीशंकरलाई बुझाएको भए पनि ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासका प्रहरी प्रमुख प्रहरी निरिक्षक राेशन थापाले कार्तिक २४ गते नै प्रहरीको नियन्त्रणमा आएकाे सामान कमिसनकाे खेलमा जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई जाहेर नगरेका र भन्सार दाखपला नगरेका पाईएकाे छ ।
कार्तिक २४ गते बिहिबार दिउँसाे करिब ११:३० बजेकाे समयमा हरिपुर्वाबाट श्रीनगर तर्फ आउदै गरेकाे विआर ०६ एए १२६४ नम्बरकाे भारतिय माेटरसाईकल सहित साे माेटरसाईकलमा भन्सार छली ल्याईएकाे ३ बाेरा मैदा र २ दशमलव २५ लिटरका ५४ वटा बाेतल भारतिय माउन्टेन डिउ स्थानियले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका भए पनि ३/४ दिन हुँदा समेत प्रहरी निरिक्षक थापाले जिल्ला प्रहरी कार्यालय सर्लाही र जिल्ला भन्सार कार्यालय सर्लाही दाखिला नगरेपछि प्रहरी कमिसनकाे खेलमा लागेकाे स्थानियकाे आशंक छ ।
भन्सार छलिकाे सामान लिएर आउदै गरेकाे विआर ०६ एए १२६४ नम्बरकाे भारतिय माेटरसाईकल सहित भन्सार छली ल्याईएकाे ३ बाेरा मैदा र २ दशमलव २५ लिटरका ५४ वटा बाेतल भारतिय माउन्टेन डिउ स्थानियले बरामद् गरि प्रहरी चाैकी गाैरीशंकरलाइ बुझाएका ३/४ दिन भए पनि प्रहरीले आवश्यक कार्बाही नगरेकाे स्थानीयले बताए । उनले भने प्रहरीले गर्नु पर्ने काम हामीले गरिदिएका छाैँ,तथापि पनि प्रहरी आवश्यक कार्बाही तर्फ लागेन।
बरामद् भएको सामान अन्दाजी मुल्य रु ३० हजारकाे रहेकाे छभने माेटरसाईकलकाे अनुमानित मुल्य निकाल्ने बाकी रहेकाे पाईएकाे छ ।