निवर्तमान मन्त्री सिंह सर्लाही क्षेत्र नम्बर ४(१) बाट विजयी

1k Shares

सर्लाही क्षेत्र नं. ४ प्रदेश सभा (१) मा नेपाली कांग्रेसका उम्मेदवार एवम निवर्तमान मन्त्री वीरेन्द्र प्रसाद सिंह विजयी हुनु भएको छ । बिहिबार बिहान सम्पन्न  मतगणना अनुसार सिंह १  हजार ७७  मतान्तरले विजयी हुनु भएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकाे कार्यालयका अनुसार कृतसिंहले १५ हजार ६ सय ९३ मत प्राप्त गर्दा उहाँका  निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का  उम्मेदवार रामबाबु रायले ले १४ हजार ६ सय १६ मत प्राप्त गर्नु भएको हाे ।
निवर्तमान मन्त्री सिंह २०७४ काे निर्वाचनमा पनि साेही क्षेत्रबाट निर्वाचित हुनु भएको थियाे । नेपाली कांग्रेसको मधेस प्रदेश सभापति र मधेस प्रदेश सरकारकाे महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रीसमेत हुनु भएको थियाे ।

सम्बन्धित समाचार