सर्लाहीको मलंगवा नगरपालिका ८ स्थित नेपाल भारत सीमा क्षेत्र नजिकैबाट प्रहरीले कटुवा पेस्तोल सहित दुई जनालाई पक्राउ गरेको छ।मलंगवा नगरपालिका ८ स्थित गोरखकालीबाट कटुवा पेस्तोल सहित रामनगर गाउँपालिका ७ का किशन महरा र बागमती नगरपालिका ४ जिरायत टोलका अन्दाजी १८ वर्षिय श्याम महरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

भारतको सोनवर्षाबाट नेपाल तर्फ आउँदै गर्दा मलंगवा नगरपालिका ८ स्थित गोरखकालीमा विशेष सूचनाको आधारमा खटिएका प्रहरी निरीक्षक रविन्द्र कार्कीको नेतृत्वको प्रहरी टोलीले बिआर ०६ डिएम ९५२३ नम्बरको मोटरसाईकल सहित महरालाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा महराले आफुले बोक्ने गरेको कटुवा पेस्तोल बागमती नगरपालिका ४ जिरायत टोलका अन्दाजी वर्ष १८ का श्याम महराले राख्न दिएको बताएपछि उनलाई पनि नियन्त्रणमा लिएर खोजतलास गर्ने क्रममा बागमती नगरपालिका १२ बागमती नदीको बगर (किनार)बाट कटुवा पेस्तोल एक थान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।नेपाल भारत खुल्ला सीमानाका कारण नेपालमा अपराधिक गतिविधिहरु बढेका जनगुनासो बढेपछि प्रहरीले विशेष निगरानी बढाएको छ ।