सर्लाहीको बागमती नगरपालिका ११ बाट प्रहरीले ठुलाे मात्रामा भन्सार छलीकाे सामान नियन्त्रणमा लिएको छ ।
बागमती नगरपालिका ११ स्थित पुर्व पश्चिम लाेकमार्गमा जनकपुरबाट काठमाडौं तर्फ जाँदै गरेकाे यात्री बसबाट भन्सार छली लुकाई छिपाई काठमाडौं लैजाँदै गरेकाे अवस्थामा ९ बाेरा पाउडर दूध नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएकाे छ ।
बागमती नगरपालिका ११ स्थित पुर्व पश्चिम लाेकमार्गमा जनकपुरबाट काठमाडौं तर्फ जाँदै गरेकाे ना ६ ख २१०९ नम्बरकाे यात्री बसबाट २५ किलाेका दरले ९ बाेरा गरि कुल २ सय २५ किलाे गरि करिब भा रु १ लाख १ हजार २ सय पचासकाे पाउडर दूध नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक मुकेश ताम्राकारले जानकारी दिए ।
नियन्त्रणमा लिईएकाे सामानका विषयमा आवश्यम अनुसन्धा सुरु भएको प्रहरीले जनाएको छ ।