सुरक्षाकर्मीहरुको मिलेमतोमा सर्लाहीका सिमानामा व्यापर तस्करी

448 Shares

सर्लाहीको  सीमावर्ती क्षेत्रबाट भन्सार छलीका सामानहरुको व्यापक तस्करी भएको पाइएको छ । जिल्लाको सिमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलेमतोमा भन्सार छलीका सामानहरुको व्यापक तस्करी भएको पाइएको हो ।
जिल्लाको खुटौना,सिमरा,बारा,मधुवनी,छतौना,भाँडसर,सबुअवा र बहादुरपुर क्षेत्रबाट शसस्त्र प्रहरी र नेपाल प्रहरीको मिलेमतोमा भन्सार छलीका सामानहरुको व्यापक तस्करी भएको छ । दिनदहाडै भन्सार छलीका सामानहरुको व्यापक तस्करी हुँदा समेत सोक्षेत्रमा सिमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी मौन हुनुले उनिहरुको मिलेमतो रहेको प्रष्ट भएको छ ।
खुटौना,सिमरा,बारा,मधुवनी,छतौना,भाँडसर,सबुअवा र बहादुरपुर क्षेत्रका शसस्त्र प्रहरीका विओपीहरु र नेपाल प्रहरीका सिमा प्रहरी चौकी र प्रहरी चौकीहरुमा खटिएका सुरक्षाकर्मीहरुले भन्सार छलीका सामानहरुको कमिसन असुल्ने र लाईन दिने गरेका कारण सोक्षेत्रमा भन्सार छलीका सामानहरुको व्यापक तस्करी भएको हो ।
विभिन्न स्थानबाट ठुलोपावर लगाएर सिमानामा सरुवा भएर आउने र लामो समय सम्म सोही क्षेत्रमा बसि रहने सुरक्षाकर्मीहरुका कारण सो क्षेत्रमा भन्सार छलीका सामानहरुको व्यापक तस्करी भएको जानकारहरुलेबताएका छन् । जसका कारण सर्लाही जिल्ला कै बद्नाम भएको छ ।
सर्लाहीका ती नाकाहरुबाट भारततर्फ र भारतबाट नेपाल तर्फ भन्सार छलीका सामानहरुको ओसार पसार तिब्रगतीमा भएको भएपनि सरोकारवाला निकाय मौन देखिएको छ । ति नाकाहरुबाट नेपालका ढुंगा,गिटी, बालुवा तथा सुकुमेल,चाइनिज सामान भारत तर्फ जाने गरेका छन् भने भारतबाट भन्सार छलीको चिनी,मलखाद्,कपडा तथा किरानाका सामानहरु ओसार पसार हुने गरेका पाइएको छ । 
मधेस प्रदेशको शसस्त्र प्रहरीको छिन्नमस्ता बाहिनीबाट खटिएका घुमुवाहरुले सुचना संकलनको नाममा भनसर छलीका सामानहरुबाट कमिसन असुल्ने गरेका कारण समस्या भएको छ ।बाहिनीबाट खटिएका शसस्त्र प्रहरी कर्माचारीहरु र मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटिएका प्रहरी कर्माचारीको कमिसन असुलीले सर्लाहीका सिमानाकाबाट तस्करी मौलाएको हो ।
सर्लाहीको नेपाल भारत ५२ किलोमिटर सीमा क्षेत्रमा नै तस्करी हुने गरेको छ । चुरे दोहन भएर तराई मधेस दोहन भइरहँदा भारततिर व्यापक मात्रामा तस्करी हुने गरेको पाइएको छ। चुरेको गिटी र बालुवा भारततिर पुग्ने गरेको सबैले बुझ्ने रहस्य भएको छ। जिल्लाको बलरा,अर्नाहा,मधुवनी,सिरकटा र सेढवा नाकाबाट व्यापक मात्रामा भारततिर गिटी र बालुवा गइरहेको छ। मुख्य गरी राति राति भारततिर दैनिक सयौँ ट्रयाक्टरमा गिटी र बालुवा तस्करी हुने गरेको भएपनि सर्लाहीका प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुख शसस्त्र प्रहरी प्रमुख र डिभिजन वन कार्यालयका प्रमुख मौन देखिएका छन् ।
हरेक रात कम्तीमा दुई सय ट्रयाक्टर नेपालबाट भारततिर बलरा नाकाबाट जाने गरेको बलरा नगरपालिका ७ भगवानपुरका एक स्थानियले बताए । रातभरि भारततर्फ ट्रयाक्टरमा हुने तस्करीले आफ्नो घरमा सुत्न पनि मुस्किल हुने गरेको स्थानियले बताएका छन् । भने भारतबाट नेपाल आउने भन्सार छलीकोचिनीका कारण नेपाली चिनीको मुल्यमा कमि आएको एक व्यापारीले बताए ।

सम्बन्धित समाचार