सर्लाहीको लालबन्दी १६ का एकजनामा जापानिज इन्सेफलाइटिस संक्रमण

688 Shares

सर्लाहीको लालबन्दी नगरपालिका १६ मा एक जनामा जापानिज इन्सेफलाइटिस संक्रमण देखिएको छ । लालबन्दी नगरपालिका १६ का एक जनामा जापानिज इन्सेफलाइटिस संक्रमण पुष्टि भएको लालबन्दी नगरपालिका आधारभूत स्वास्थ्य तथा सरसफाई शाखाका जनस्वास्थ्य निरीक्षक रोशन चौधरीले जानकारी दिए । घर वरीपरी बंगुर,सुंगुरको फर्म,पानी जमेको खाल्डाहरु र जंगल यरिया भएका स्थानहरुमा रहेका लामखुट्टेहरुले टोक्दा ती लामखुट्टेहरुले मानिसलाई टोक्दा जापानिज इन्सेफलाइटिस संक्रमण देखिने गरेको लालबन्दी नगरपालिका आधारभूत स्वास्थ्य तथा सरसफाई शाखाका जनस्वास्थ्य निरीक्षक रोशन चौधरीले बताए ।
जापानिज इन्सेफलाइटिस संक्रमण देखिएका लालबन्दी नगरपालिका १६ का ती मानिसलाई उपचारको लागि पटन अस्पतालमा भर्ना गरिएको लालबन्दी नगरपालिकाको नगर स्वास्थ्य शाखाले जनाएको छ ।पश्चिम नेपालका जिल्लाहरुमा देखिने गरेको जापानिज इन्सेफलाइटिस संक्रमण पछिल्लो समय मधेश प्रदेशको सर्लाही,सिरहा र धनुषामा पनि देखिएको हो ।
सिरहा र धनुषामा जापानिज इन्सेफलाइटिस संक्रमणका कारण चार जनाको ज्यान गई सकेको प्रादेशिक अस्पताल जनकपुरले जनाएको छ ।जापानिज इन्सेफलाइटिस संक्रमणबाट विशेष गरि १४ वर्ष मुनिका बालबालिकाहरुको मृत्यु हुने गरेको भएपनि हाल मृत्यु भएका चार जना र संक्रमण देखिएका एकजना गरी पाँचै जना १४ वर्ष भन्दा बढी उमेर समुहका रहेका लालबन्दी नगरपालिका आधारभूत स्वास्थ्य तथा सरसफाई शाखाका जनस्वास्थ्य निरीक्षक रोशन चौधरीले बताए ।क्युलेक्स जातको लाम्खुट्टेको टोकाईबाट जापानिज इन्सेफलाईटिस संक्रमण हुने चिकित्सकहरुको भनाई छ ।सो क्षेत्रमा लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाको टोली खटिएर अरु संक्रमण रहे नरहेको तथा संक्रमण रोकथामका उपायहरु केके हुन सक्छन् ?कसरी समस्या समाधान गर्ने लगायतका काममा लागि परेको नगर स्वास्थ्य शाखाका सुरेन्द्र खतिवडाले जानकारी दिए ।

सम्बन्धित समाचार