Close This

नेपाल चेम्बर अफ कर्मस प्रदेश २ कमिटि विस्तार

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-२८ गते   ३७ पटक हेरिएको

नेपाल चेम्बर अफ कमर्श प्रदेश स्तरीय कमिटी विस्तार भएकोे छ । सर्लाहीको हरिवनको कैलाशपुरी वन बाटिकामा बिहिवार  चेम्बर प्रदेश नं. २ का अध्यक्ष पवन ठाकुरको अध्यक्षतामा बसेको चेम्बरको जिल्ला तथा स्थानीय निकायमा गठित कमिटीका पदाधिकारीहरुको बैठकले प्रदेश कमिटीलाई विस्तार गरेको हो ।
विस्तार पछि चेम्बरको प्रदेश कमिटी १४ सदस्यीय भएको छ । जसमा ५ जना सदस्य पछि मनोनित हुने चेम्बर अफ कर्मसले जनाएको छ । कमिटीमा हरिवनबाट कृष्णजंग कार्की (निराजन) वरिष्ठ उपाध्यक्ष, टोपराज लुईटेल सचिव र दिनेश ओमपोते सदस्यमा चयन भएका छन् । 
यस्तै, कमिटीमा अन्य जिल्लाहरुबाट उपाध्यक्षमा रामशंकर साह र सीता केसी, महासचिवमा शंकर प्रसाद साह, सचिवमा राजेश पाठक, कोषाध्यक्षमा सन्जिव साह, सह कोषाध्यक्षमा मनोज ठाकुर चयन भएका प्रदेश कमिटीका वरिष्ठ उपाध्यक्ष कृष्णजंग कार्की (निराजन) ले जानकारी दिनु भयो । नेपाल चेम्बर अफ कमर्सले उद्योगी, व्यवसायीहरुको हितका लागि आवाज उठाउँदै आएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech