बागमती २ को जनवाल कल्याण मा.वि.मा क्षयरोग सम्बन्धी अभिमुखिकरण कार्यक्रम

250 Shares

 सर्लाहीको बागमती नगरपालिका २ स्थित धरहरामा रहेको जनवाल कल्याण मा.बिमा कक्षा १० मा अध्यनरत विद्यार्थीहरुसंग क्षयरोग सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ।नेपाल क्षयरोग निवारण संस्था सर्लाही शाखाले बागमती नगरपालिका २ स्थित धरहरामा रहेको जनवाल कल्याण मा.बिमा कक्षा १० मा अध्यनरत विद्यार्थीहरुसंग क्षयरोग सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरेको प्रधानाध्यापक प्रकाश बहादुर जिम्वाले जानकारी दिए ।उनका अनुसार विद्यार्थीहरुलाई कोरा किताबी ज्ञान मात्र नभई नभई दैनिक जीवनमा आवश्यक पर्ने बाहिरि ज्ञान समेत प्रदान गर्ने र सचेतना जगाउने उद्धेश्यका साथ क्षयरोग सम्बन्धी अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो ।
क्षयरोग सम्बन्धी अभिमुखिकरण कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्था सर्लाही शाखाका अध्यक्ष डोरप्रसाद भट्टराईको विशेष उपस्थितिमा भएको अभिमुखिकरण कार्यक्रममा हरिवन नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रामबाबू चौधरी,क्षयरोग निवारण संस्था सर्लाही शाखाका श्याम बाबू कार्की,सुरेश भट्टराई,विद्यालय व्यावस्थापन समितिका अध्यक्ष टंक बोहोरा तथा  स्थानीय गोबिन्द रायमाझी , कर्ण बहादुर महत लगायतको विशेष उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार