करिब ८१ किलो गाँजा सहित कार शसस्त्र प्रहरीको नियन्त्रणमा

211 Shares

सर्लाहीको बलरा नगरपालिका ३ स्थित नेपाल भारत सीमा क्षेत्रबाट लागु औषध गााँजा सहित भारतिय नम्बरको कार शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।बलरा नगरपालिका ३ स्थित नेपाल भारत सीमा क्षेत्र नजिकै श्रीकट्टाबाट लागु औषध गाँजा भारत तर्फ जाने गरेको विशेष सूचनाको आधारमा खटिएको शसस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवाका गुल्मपति एवम शसस्त्र प्रहरी नायव उपरिक्षक लिला बहादुर कार्की नेतृत्वको टोलीले बिआर ३३ पिए ३७०१ नम्बरको भारतिय कारबाट अन्दाजी ८१ किलो लागु औषध गाँजा नियन्त्रणमा लिईएको शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीले जनाएको छ ।
गणका अनुसार शसस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवाका गुल्मपति एवम शसस्त्र प्रहरी नायव उपरिक्षक कार्की र शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी) मधुवनीबाट शसस्त्र प्रहरी निरीक्षक दिपेन्द्र पौडेलको नेतृत्वको संयुक्त शसस्त्र प्रहरीको टोलीले उक्त कारमा फल्स बटम बनाई अन्दाजी ८० किलो नौ सय ग्राम लागु औषध गाँजा भारत तर्फ लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
शसस्त्र प्रहरीको टोलीलाई देखेपछि कारका चालक कार छाडी फरार भएका छन् । नियन्त्रणमा लिइएको लागु औषध गाँजा सहित उक्त कारलाई आवश्यक कार्बाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाउने तयारी भई रहेको शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीले जनाएको छ ।
यता,पछिल्लो समय सिन्धुली,मकवानपुर सहित सर्लाहीको चुरे क्षेत्रमा उत्पादन भएको लागु औषध गाँजा नेपाली तथा भारतिय नम्बरका सवारी साधनहरुको प्रयोग गरी सर्लाहीका विभिन्न नाकाहरुको प्रयोग गरी भारतिय बजारमा पुर्याउने गिरोह सक्रिय भएको पाइएपछि नेपाल प्रहरी तथा शसस्त्र प्रहरीको त्यसतर्फ ध्यान केन्द्रीत भएको छ ।

सम्बन्धित समाचार