लगातारको वर्षाले बागमती नदीमा बाढीको वहाव बढ्दै,सर्तकता अप्नाउँन सरोकारवालाको आग्रह

450 Shares

सर्लाही र रौतहटको सिमा स्थित रहेको बागमती नदीमा बाढीको वहाव बढेको छ।काठमाडौं सहित उपत्यका एवम आसपासका क्षेत्रमा अत्यधिक वर्षा भईरहेकाले बागमती नदीमा पानीको सतह बढ्दै गएको हो।शनिबार बिहान करिब दुई मिटर मात्रै पानीको सतह रहेकामा मध्यान्ह चार मिटर पुगिसकेको बागमती नदी अन्तर्गत पँधेरा दोभान जल सतह मापन केन्द्रले जनाएको छ ।
बाढी बढ्दै गएपछि बागमति सिंचाई ब्यारेजका ३५ वटै ढोका खोलिएको बागमती सिचाँई आयोजनाले जनाएको छ।यद्यपी बागमती नदिको सिँचाई ब्यारेज भन्दा उत्तर पानीको सतह करिब सात मिटर बढी गहिराई भएपछि खतरा मानिन्ने गरेको छ।अहिलेसम्म खतराको अवस्था नआएको बागमती सिँचाई आयोजनाले जनाएको छ ।पछिल्लो समय लगातार वर्षा हुन थालेपछि जिल्लाका नदीहरुमा पनि पानीको सत्तश बढेको छ भने सर्तकता अप्नाउँन सरोकारवालाहरुले स्थानीयलाई आग्रह गरेका छन् ।

सम्बन्धित समाचार