डीआईजी भट्टराईद्धारा सर्लाहीका सिमा र प्रहरी चौकीहरुको निरिक्षण

821 Shares

दुर्गा कुमारी अधिकारी
मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख एवम प्रहरी नायब महानिरीक्षक(डीआईजी)जनक भट्टराईले बिहीबार सर्लाहीका विभिन्न सीमा क्षेत्र र प्रहरी युनिटहरुको निरीक्षण गरेका छन् । मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख एवम प्रहरी नायब महानिरीक्षक(डीआईजी) भट्टराईले पहिलो पटक सर्लाहीका सिमा क्षेत्रहरु र प्रहरी युनिटहरुको निरीक्षण गरेका हुन् । 
महोत्तरीबाट हुलाकी सडक हुँदै सर्लाहीको पर्सा गाउँपालिकाको संग्रामपुर हुँदै सीमाका प्रहरी युनिट र जिल्ला प्रहरी कार्यालय सर्लाहीकोा समेत मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख एवम प्रहरी नायब महानिरीक्षक(डीआईजी) भट्टराईले निरीक्षण गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख एवम प्रहरी नायब महानिरीक्षक(डीआईजी) भट्टराईले  सीमामा हुने अपराध र तस्करी रोक्न निर्देशन दिएका हुन् ।
जिल्लाको शान्ति सुरक्षा र सीमा क्षेत्रको स्थितिबारे मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख एवम प्रहरी नायब महानिरीक्षक(डीआईजी) भट्टराईलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले ब्रिफिङ गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक कैलाश राईले जानकारी दिए ।उनका अनुसार प्रहरी नायब महानिरीक्षक(डीआईजी) भट्टराईले राजस्व चुहावट र भन्सार छलीविरुद्ध कडाईका साथ लाग्न र नागरिकलाई प्रहरीले गर्ने व्यवहार सरल गर्न निर्देशन दिएका छन् ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख एवम प्रहरी नायब महानिरीक्षक(डीआईजी) भएपछि पहिलो पटक सर्लाहीका सिमा र प्रहरी चौकीहरुको अनुगमनमा निस्केका प्रहरी नायब महानिरीक्षक(डीआईजी) भट्टराई बिहीबार नै जनकपुर फर्किएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार