नौ महिनापछि चन्द्रनगरको गाउँसभा र बजेट पारित

61 Shares

सर्लाहीको चन्द्रनगर गाउँपालिकाले नौ महिनापछि चालु आर्थिक वर्षको बजेट,नीति तथा कार्यक्रम पारित गरेको छ ।गाउँपालिका अध्यक्ष राजकुमार महतो र उपा अध्यक्ष गीतादेवी महतो प्यानल विच विवाद हुँदा चालु आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक गाउँ सभा बजेट,नीति तथा कार्यक्रम पारित हुन सकेको थिएन् ।
नौ महिनापछि भएको गाउँसभाले रु ५९ करोड ३० लाख ५९ हजार सात सय ६९ रुपैयाँ ७१ पैसा बराबरको वार्षिक गाउँ सभा बजेट,नीति तथा कार्यक्रम पारित गरेको गाउँपालिका अध्यक्ष राजकुमारले बताए ।गाउँसभाले बजेट ल्याएसँगै अब गाउँपालिका भित्रका शिक्षक तथा कर्माचरीहरु र लक्षित वर्गाले तलब भत्ता पाउने भएका छन् भने विकास निर्माण कामले गतिलिने गाउँपालिका उपा अध्यक्ष गीतादेवीले बताइन् ।
चालु आर्थिक वर्षको वार्षिक गाउँ सभा बजेट,नीति तथा कार्यक्रम गएको असार २५ गते भित्र ल्याई सक्नु पर्ने भएपनि चन्द्रनगरका जनप्रतिनिधिहरु विचको विवादका कारण नौ महिना पछि वार्षिक गाउँ सभा बजेट,नीति तथा कार्यक्रम आएको गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार