सिन्धुली जिल्ला कारागारबाट भागेका कैदी वन्दीहरु मध्य एक सय ६० जनालाई विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको छ ।जिल्ला कारागार कार्यालय सिन्धुलीबाट भागेका चार सय ७१ जना कैदी वन्दीहरु मध्य एक सय ६० जनालाई विभिन्न स्थानबाट नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एवम प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।
प्रहरी उपरीक्षक सुवेदीका अनुसार भागेका कैदी वन्दीहरुलाई सिन्धुली कै खुर्कोट तथा सिन्धुलीका विभिन्न स्थानहरु र महोत्तरीको बर्दिबासबाट नियन्त्रणमा लिइएको हो ।सिन्धुली जिल्ला कारागारमा चार सय २८ जना पुरुष र ४३ जना महिला कैदी वन्दीहरु रहेकामा अन्य भागेकाहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।