सर्लाहीको हरिपुर नगरपालिका ३ स्थित फरहदवा चिरान मिल नजिकै भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।हरिपुर नगरपालिका ३ फरहदवा स्थित चिरान मिल नजिकै नवलपुर मलंगवा सडकखण्डमा भएको सवारी दुर्घटनामा कविलासी नगरपालिका ७ का अन्दाजी बर्ष १९ का चन्दन यादवको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले जनाएको छ ।
ट्राफिक प्रहरीका अनुसार नवलपुर मलंगवा सडकखण्डमा हरिपुरबाट गैर तर्फ जादै गरेको ज.२ त.४५२ नम्बरको वालुवा लोड भएको ट्याक्टरमा बिआर ०५ एक्यु ८७५९ नम्बरको भारतिय मोटरसाईकल ठोक्किँदा घाईते भएका मोटरसाईकलका चालक कविलासी नगरपालिका ७ का अन्दाजी वर्ष १९ का यादवको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा ज्यान गएको हो ।दुर्घटनामा संग्लग्न सवारी दुवै सवारी साधन ईलाका प्रहरी कार्यालय हरिपुरको नियन्त्रणमा रहेको छ ।ट्याक्टरका चालक प्रहरीको नियन्त्रणमा रहे नरहेको कुनै खुलाइएको छैन् ।