Close This

लक डाउनको पालना नगर्ने ४५० सवारी साधनलाई कार्बाही

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-१२-३० गते   ४४१ पटक हेरिएको

विश्व व्यापी माहामारीको रुपमा फैलिएको  कोरोना भाईरस(कोभिड १९) बाट बच्न नेपाललाई लकडाउन गरिएको करिब १ महिना पुग्न लागेको छ । सर्लाहीमा पनि लडडाउन पालना गराउन सवारी साधनहरुलाई सर्लाही प्रहरीले कडाईका साथ कार्यवाही सुरु गरेको छ । चैत ११ गते देखी हालसम्म लकडाउन अवज्ञा गर्ने ४ सय ५० वटा ठुला तथा साना सवारीसाधनहरुलाई कार्यवाही गरिएको सर्लाही प्रहरी प्रमुख प्रहरी उपरिक्षक विश्वमणी पोख्रेलले जानकारी दिनुभयो । 
सरकारले चैत ११ देखी शुरु गरेको लकडाउनको अवज्ञा गर्ने सवारी साधनलाई सर्लाही प्रहरीले पुर्ण कडाईका साथ लकडाउन कार्यान्वयन गर्दै कार्वाही गरेको हो । यसरी लकडाउन उल्लंघन गरेका सवारी साधनलाई प्रहरीले ४८ घन्टा नियन्त्रणमा लिई छाडने गरेको प्रहरी उपरिक्षक पोख्रेलले बताउनुभयो । 
उँहाका अनुसार साना सवारी साधन लाई रु ५ सय र ठुला सवारीसाधनलाई रु १ हजार सम्म जरिवाना तिराउने गरिएको छ ।प्रहरीले जतीनै कडाई गरेपनि लुकीछिपी लकडाउनको उल्लंघन गर्दै सवारी साधनहरु सञ्चालनमा नै रहेको स्थानियहरुको आरोप छ  । सामान्य बाहनामा पनि सवारी चालकहरुले आफुखुसी कसले के गर्छ भन्दै प्रहरीको आँखा छल्ने र सरकारले लागु गरेको लक डाउनको वेवास्था गर्ने गरेको पाईएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech