सर्लाहीमै पहिलो पटक कडनवार नयाँ रोडमा

4.2k Shares

सर्लाहीको नयाँ रोडमा ट्राफिक प्रहरीले कडनवार बनाएको छ । जिल्लामै पहिलो पटक अस्थायि ट्राफिक प्रहरी पोष्ट नयाँ रोडले कडनवार बनाउनुको साथै ट्राफिक प्रहरी चेक पोष्ट निर्माण गरेको हो । 
लामो समयदेखि घाम पानीमा पनि ट्राफिक प्रहरीले डियटी गरि रहेको सो स्थानमा असई ठाकुर भट्टराई प्रमुख गएपछि ट्राफिक प्रहरी चोक पोष्ट,गडनवारका साथै सो क्षेत्रका सडकहरुमा क्याटआइ जडान गर्ने,ट्राफिक सचेतना मुलक चिन्हहरु राख्ने लगायतका काम भएका छन । सर्लाही ट्रक व्यवसायी संघको सहयोगमा ट्राफिक प्रहरी नयाँ रोडले सो कार्य गरेको हो ।
जसका कारण अब सो क्षेत्रमा ट्राफिक प्रहरीले डिउटी गर्दा घाम पानीको प्रवाह गर्नु नपर्ने साथै सवारी साधन  चेकजाँचमा समेत सहज हुने असई भट्टराईले बताउनु भयो । नयाँ रोड चोकमा स्मार्ट बुथ पनि चाँडै राख्ने भट्टराईले बताउनु भएको छ ।चैतमा नयाँ रोडको प्रमुख भएर आउनु भएका असई भट्टराईले  लकडाउनको समयमा पनि ट्राफिक व्यावस्थापनमा निरन्तरता दिनुभएको हो।

सम्बन्धित समाचार