३ ट्याक्टर काठ प्रहरी चाैकी गाेरखकालीकाे नियन्त्रणमा

217 Shares

सर्लाहीको मलंगवा नगरपालिक १० स्थित राजदेवी मन्दिर नजिकै हुलाकी सडक खण्डबाट प्रहरी चौकी गोरखकालीको टोलीले तीन ट्याक्टर काठ नियन्त्रणमा लिएको छ ।

IMG-20251216-WA0007.jpg

विशेष सुचनाको आधारमा प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरी टोलीले ना ७ त २५३०,ना ६ त १७०३ र ज २ त १०६४ नम्बरको ट्याक्टरहरुमा विभिन्न प्रजातिका काठहरु लोड गरि ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

1765882079883.jpg
प्रहरीका अनुसार नियन्त्रणमा लिईएको काठ र ट्याक्टर आवश्यक कार्बाहीका लागि डिभिजन वन कार्यालय सर्लाही पठाईएको छ।प्रहरीलाई देखेपछि ट्याक्टरका चालक फरार भएका र उनीहरुको समेत खोजी कार्य सुरु गरिएको प्रहरीले जनाएको छ।तर तीनवटै ट्याक्टरका चालकहरु प्रहरी चौकी गोरखकालीले नियन्त्रणमा लिएर कार्यालयमा ल्याएपछि प्रहरी कर्मचारीहरुको मिलेमतोमा उनीहरुलाई भगाएको स्रोतको दाबी छ ।

सम्बन्धित समाचार