Close This

कृषकलाई अनुदान नभई सहुलियत ऋणः सांसद दाहाल

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-४-१२ गते   २६० पटक हेरिएको

 कृषकलाई अनुदान दिएर उत्पादनमा बृद्धि र कृषिमा व्यावसायीकरण नहुने प्रदेश सभा सदस्य राजन दाहाल(लेखनाथ)ले बताउनु भयो । उहाँले कृषि ज्ञान केन्द्र सिन्धुलीद्वारा सोमबार सिन्धुलीमाढीमा आयोजित ‘सार्वजनिक तथा सुसूचितिकरण गोष्ठि’ मा व्यावसायिक कृषकलाई सहुलियतपूर्ण ऋण, प्रविधि र बजारको प्रत्याभूति गर्नुपर्ने बताउनु भएको हो ।

उहाँले व्यावसायिक कृषि प्रोत्साहनका लागि प्रदेश सरकारले बजेट समेत विनियोजन गरेको बताउनुभयो । कार्यक्रममा प्रदेश सभा सदस्य प्रदीप कटुवालले गत वर्ष ज्ञान केन्द्रले सञ्चालन गरेका कार्यक्रमबारे चासो राख्नुभएको थियो । उहाँले ज्ञान केन्द्रले मुस्कानसहितको ज्ञान बाँड्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाँण्डेले जिल्लामा आयातभन्दा निर्यात कम रहेको चर्चा गर्दै निर्यात बृद्धि गर्ने रणनीतिको आवश्यकता रहेको बताउनुभयो । कृषि ज्ञान केन्द्र सिन्धुलीका प्रमुख भरतप्रसाद बिडारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक शंकरराज बर्मा (तिवारी )लगायत जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech