उखु किसानलाई उखु खेती प्रवद्र्धन गर्न सीपमुलक आय अभिवृद्धि तालिम

374 Shares

मधेश प्रदेशका उखु उत्पादक किसानहरुलाई उखु खेती प्रवद्र्धन गर्न भन्दै सीपमुलक आय अभिवृद्धि गर्न तालिम प्रदान गरिएको छ।लालबन्दीमा भएको तालिममा सर्लाही सहित धनुषा, महोत्तरी,रौतहट,बारा र पर्साका ४० जना उखु उत्पादक किसान अगुवाहरुको सहभागी रहेको आयोजक नेपाल फार्मर्स एड्भाईजरी काउन्सिल प्रा.लि.सिनामंगल काठमाण्डौँले जनाएको छ । आयोजकका अनुसार नेपालमा उखु खेतीको महत्व र सम्भावना,उखु बालीका प्रमुख रोग र किराहरु तथा तिनको व्यवस्थापन,खुट्टि बालीको महत्व तथा व्यवस्थापन र मलखाद,उखुका उत्कृष्ट जातहरु त्था उन्नत उत्पादन प्रविधि लगायतका विषयमा नार्कका विज्ञहरुले प्रशिक्षण दिएका हुन ।कार्यक्रममा धेरै उखु खेती गर्ने किसान,उत्कृष्ट किसानहरुको रुपमा केहि उखु किसानहरुलाई प्रोत्साहन पुरस्कार समेत प्रदान गरिएको आयोजक संस्थाका काजिराम श्रेष्ठले जानकारी दिए।
उत्पादन गरेको उखु उद्योगलाई बिक्रि गरेपनि लामो समय सम्म भुत्तानी नपाउने लगायतका कारण नेपालमा विस्तारै उखु खेति गर्ने किसानहरुको संख्या घट्दै गईरहेको छ।उखु उत्पादक किसानहरुलाई नयाँ प्रजातीका बिउ बिजन,खेति गर्ने नयाँ/नयाँ प्रविधि तथा तरिकाको बारेमा जानकारी दिँदै उखु खेति प्रति आकर्षित गर्नका लागी कार्यक्रमको आयोजना गरिएको नेपाल कृषि अर्थशास्त्र समाजका सभापति एवम कार्यक्रमका अध्यक्ष डा. योगेन्द्र कुमार कार्कीले बताए ।
त्यसैगरि नेपालमा “रमजन्य पदार्थ” अर्थात चिनी उद्योगबाट उत्पादित मद्यपानमा प्रयोग हुन रस जन्य पदार्थ उत्पादनका लागी उखु अनिवार्य आवश्यक पर्ने,त्यसको लागी हाल भारतको भर पर्नु पर्ने अवस्था रहेकोले नेपालको पैसा बाहिर जानबाट रोक्ने उद्देश्यले यो कार्यक्रमहरु आयोजना गरिएको द नेपाल डिस्ट्रिलरिजरिज प्रा.लि.ले जनाएको छ।कार्यक्रममा नेपाल सरकारका पूर्व सह–सचीव जनकराज रेग्मी,लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीको विशेष उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार