जिल्ला प्रशासन कार्यालय सर्लाहीले १ दिने राष्ट्रिय परिचय पत्र सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरेको छ । सर्लाहीको लालबन्दी नगरपालिकाको समन्वयमा राष्ट्रिय परिचय पत्र सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम मंगलबार सम्पन्न गरेको हो ।
लालबन्दी नगरपालिकाको १७ वटै वडाहरुमा साउन १ गतेवाट राष्ट्रिय परिचय पत्र विवरण दर्ता कार्यक्रम संचालन हुने भएपछि सो सम्बन्धी जानकारीदिने उदेश्यले १ दिने परिचय पत्र सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरेको हो ।

नेपाल सरकारले देशभर राष्ट्रिय परिचय पत्र वितरण गर्ने काम गरि रहेको समयमा सर्लाहीको लालबन्दी नगरपालिकाले पनि साउन १ गतेबाट नगरका सबै आठै वडामा राष्ट्रिय परिचय पत्र वितरण शुरु गर्ने नगर प्रमुख मान बहादुर खड्काले जानकारी दिनु भयो ।
लालबन्दी नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा सर्लाहीका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले अध्यक्षता गर्नु भएको लालबन्दी नगरपालिका ८ का वडा अध्यक्ष तथा नगर प्रवक्ता राजन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।