निषेआज्ञामा पनि भट्टी खुल्ला,विषालु मद्यिरा सेवनबाट ८ जनाको ज्यान गयो

2.7k Shares

 सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५, पडरियामा विषालु मदिरा सेवनबाट ८ जनाको ज्यान गएको छ ।ब्रह्मपुरी गाउँपालिका–५, पडरियामा विषालु मदिरा सेवनबाट तीन भारतीय नागरिक र ५ जना नेपाली गरी ८ जनाको ज्यान गएको हो ।
ज्यान जानेहरुमा ब्रह्मपुरी गाउँपालिका–५,पडरिया गाउँका ५० वर्षका राम ईश्वर पासवान, ३९ वर्षका दिनकर दास, ६५ वर्षका कैलु दास, ५० वर्षका जुगेश्वर माझी र २४ वर्षका बलिन्द्र दास रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जानकारी दिनु भयो। 
यस्तै, भारतको उत्तर प्रदेशका ३५ वर्षका दाताराम निसाद, ५५ वर्षका शिवसागर निसाद र ३२ वर्षका सर्वेस राम निसादको ज्यान गएको छ । उनीहरूले मद्यिरा सेवन गरेको चारैदिनमा ज्यान गएको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष विनोद साहले बताउनु भयो । 
पडरिया गाउँ बढी दलित समुदायको बसोबास रहेको र त्यहाँ मद्यिरा भट्टी समेत रहेकाले मद्यिरा सेवनबाटै उनीहरूको ज्यान गएको अध्यक्ष साहको भनाइ छ । अरु तीनजना उपचार पश्चात् निको भएर घर फर्किएका गाउँपालिका स्वास्थ्य संयोजक उपेन्द्र राउतले बताउनु भयो ।
छिमेकी देश भारतको बिहार प्रदेशमा मद्यिरा विक्रि वितरणमा रोक लागेपछि मद्यिरा पिउँन भारतिय नागरिकहरु सिमा क्षेत्रका मद्यिरा भट्टीहरुमा आउने गर्दछन् ।  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणका लागि नेपाल सरकारले निषेआज्ञा घोषणा गरेको भएपनि प्रदेश २ का सबै जिल्लामा स्थानिय प्रशासनले कडाईका साथ पालना गराउन नसक्दा कोरोना संक्रमण तथा मृत्यु हुनेको संख्या बढी रहेको छ । भने निषेआज्ञाको समयमा नेपाली बजारमा आएर मद्यिरा पिएर ज्यान गयो भन्दा स्थानिय सरकारछ की छैन भन्ने आशंका लागेको स्थानिय जानकार रविलालले बताउनुभयो ।
जिल्लामा निषेआज्ञाको समयमा पनि भारतिय मल,खाद्य,चिनी लगायतका भन्सार छलीका सामानहरु भित्रि रहनु,कोरोना संक्रमण र संक्रमणका कारण ज्यान जानेहरुको संख्यामा बुद्धि भई रहनुले जिल्लामा निषेआज्ञा छैन भन्दा हुने केही स्थानिय निकायका प्रमुखहरु नै स्विकार गर्दछन् । 
यता,स्थानिय प्रहरी,प्रशासनको मिलेमतोमा मद्यिरा भट्टी सञ्चालन भएपनि तरकारी तथा फलफुल विक्रि वितरण गर्नेहरुमाथी भने प्रहरी निर्मम भएर लाग्ने गरेको तरकारी तथा फलफुल व्यापारीहरुको गुनासो छ ।

सम्बन्धित समाचार