निर्वाचनका लागि सर्लाहीमा खटिएका म्यादी प्रहरीको विदाई,तलक खातामा आउने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-८ गते   २२९३ पटक हेरिएको

स्थानिय निकायको निर्वाचन २०७९ बैशाख ३० का लागि सर्लाहीमा खटिएका म्यादी प्रहरीलाई बिदाई गरिएको छ । जिल्लाभरबाट छनौट भएका २ हजार ९ सय ३७ जना म्यादी प्रहरीलाई निर्वाचन सम्पन्न भए पश्चात विदाई गरिएको हो ।
गएको चैत २८ गते नियुक्ति दिइएको म्यादी प्रहरीलाई जिल्ला प्रहरी कार्यालय सहित सबै प्रहरी युनिटहरुबाट एकैसाथ बिदाई गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रवीण पोखरेल म्यादी प्रहरीहरुलाई प्रशंसा पत्र प्रदान गरी बिदाई गरिएको बताउनु भयो ।  भने जिल्ला प्रहरी कार्यालय मातहतका अन्य प्रहरी युनिटहरुमा खटिएका म्यादी प्रहरीहरुलाई सम्बन्धीत प्रहरी युनिटका प्रमुखहरुले विदाई गरेका छन् । 
जिल्ला प्रहरी कार्यालय सर्लाहीले म्यादी प्रहरीले पाउने सरकारी सेवा सुविधा मध्य तलब सरकारी विदा परेका कारण दिन नपाएको र सामेबार बैँक खुलेपछि समबन्धीत व्यक्तिको खातामा पठाइएने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक पोख्रेलले बताउनु भयो ।
आगामी निर्वाचनलाई लिएर प्रतिव्यक्ति रु ५ हजार तलब काट्ने भन्ने म्यादी प्रहरीको गुनासो छ ? हो भन्ने कमलामाई मिडिया प्रा.लिको प्रश्नमा प्रहरी प्रमुख प्रहरी उपरिक्षक पोख्रेलले कुनैपनि बाहनामा म्यादी प्रहरीको तलब नकाटिने र उनिहरुले पाउनु पर्ने रकम सरकारी नियमानुसार बैँक खाता मार्फत पाउने बताउनु भयो ।
यस्तै, सर्लाही जिल्लामा निर्वाचनका लागि थप मद्धत भन्दै काठमाण्डौंसहित देभका विभिन्न स्थामना रहेका तालिम केन्द्रहरुबाट खटिएर आएका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई पनि सम्बन्धीत स्थान तर्फ बिदाई गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech