सर्लाहीको बागमती नगरपालिका ८ का एमाले नेताहरु नेकपा(माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । बागमती नगरपालिका ८ स्थित साेल्टी बजारमा भएको एक अनाैपचारिक कार्यक्रममा एमालेका नेता गणेश कार्की र उपेन्द्र चौधरीकाे नेतृत्वमा उल्लेख्य नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका माओवादी केन्द्रका नेता एवम बागमती नगरपालिका ११ का वडा अध्यक्ष प्रदिप आचार्यले जानकारी दिए ।
उनका अनुसार कार्की र चौधरीकाे नेतृत्वमा उल्लेख्य मात्रामा एकालेका नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन । एमाले परित्याग गरेका कार्की र चौधरी सहितका नेता तथा कार्यकर्ताहरुलाई सर्लाही क्षेत्र नम्वर ३ प्रदेश सभा (क)का प्रदेश सभा सदस्य जवाहरलाल कुशबाह र बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले अविर लगाएर माओवादी केन्द्रमा स्वागत गरेका नगर प्रमुख थापाका स्वकीय सचिव सागर मैनालीले जानकारी दिए ।